हरपुरमा १२२औं सामूहिक श्री हनुमान चालीसा पाठ सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर १६ गते:
जितपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरस्थित निर्माणाधीन श्री राधा कृष्ण मन्दिर तथा धर्मशाला परिसरमा आज मिति २०८२ मंसिर १६ गते, मंगलबारका दिन १२२औं सप्ताह सामूहिक श्री हनुमान चालीसा पाठ सम्पन्न गरिएको छ।
धार्मिक आस्था तथा विश्वाससाम्बन्धी भावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम स्थानीय सनातनी श्रद्धालुहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। सामूहिक रूपमा गरिएको हनुमान चालीसा पाठले समाजमा धार्मिक एकता, सद्भाव र सकारात्मक उर्जा प्रवाह भएको सहभागीहरूले बताए।
निर्माणाधीन मन्दिर एवं धर्मशाला परिसरमा नियमित रूपमा धार्मिक कार्यक्रम हुँदै आएको र यसले स्थानीय समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्याइरहेको आयोजकहरूले जनाएका छन्।


