तेलकुवा गाउँमा छिट्टै उज्यालो : अरविन शाह
स्पर्श खबर जितपुर बारा मंसिर १८ गते:
बारा जिल्लाको तेलकुवा गाउँमा लामो समयदेखि देखिँदै आएको विद्युत् समस्याले स्थानीयवासी हैरान भइरहेका बेला युवा समाजसेवी अरविन शाहले गाउँका समस्या प्रत्यक्ष अवलोकन गरेर समाधानका लागि पहल अघि बढाएका छन्। केही दिनको गाउँ बसाइँका क्रममा उनले स्थानीय समस्या नजिकबाट बुझ्दै “उज्यालो नेपाल बनाउने सपना आफ्नो गाउँबाटै सुरु हुनुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका छन्।
शाहका अनुसार, तेलकुवा गाउँमा विद्युत् विस्तार गर्न सहज प्रक्रिया रहे पनि विगतमा यसबारे खास पहल नहुनु आफैंमा अचम्मको विषय हो।
यसै क्रममा कलैया विद्युत् शाखाका प्रमुख हिमांशु यादवसँग भएको छलफलपछि अब तेलकुवा गाउँमा बरियारपुरको फिडर जोडेर स्थायी रूपमा विद्युत् आपूर्ति सुरु गर्ने तयारी भएको उनले बताएका छन्। प्रमुख यादवले समेत आवश्यक प्रक्रिया पूरा भइसकेकाले चाँडै काम सम्पन्न हुने विश्वास दिलाएका छन्।
अरविन शाहले सोधिएको प्रश्नहरूको जवाफमा भने,
“मेरो गाउँ उज्यालो बन्ने र स्थानीयको दुःख घट्ने चाहना अघि सारिएको छ। काम चाँडै सम्पन्न होस् भन्ने अपेक्षा छ,” भन्दै यसबारे सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गरेका छन्।
स्थानीय बासिन्दाले शाहको सक्रियता र पहलले अब गाउँमा उज्यालो देखिने आशा बढेको बताए।


