डाइपोट चोकबाट एकजना पुरुष उद्धार
स्पर्श खबर जितपुर बारा मंसिर १६ गते
मानव सेवा आश्रमवीरन शाखाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बौहरी ड्राइपोर्ट चौकबाट सोमबार मानसिक अवस्था कमजोर भएको एकजना पुरुषको उद्धार गरेको छ। आफ्नो नाम थ र ठेगाना प्रष्ट बताउन नसक्ने अन्दाजी वर्ष ३५ पुरुषलाई आज दिउँसो ३ बजे उद्धार गरेर बिरन स्थित आश्रममा ल्याएको छ। आश्रम पुर्याएपछि नुहाईधुवाई पछि व्यक्तिगत सरसफाई गरी चिकित्सक भरतगोहितको निगरानीमा औषधि उपचार हुने जनाइएको छ । उदार कार्यमा मानव सेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता दिपेश गुप्ता आश्रमकी संयोजक मुन्ना मगर आश्रममा सेवारत प्रहरी जवान नागेश्वर यादव र प्रहरी चौकी सिर्सियाका प्रहरीको उपस्थिति रहेको थियो।
डाइपोट चोकबाट एकजना पुरुष उद्धार


