कोशीमा ५.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित नेपालका विभिन्न क्षेत्रमा धक्का महसुस

कोशीमा ५.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसहित नेपालका विभिन्न क्षेत्रमा धक्का महसुस
काठमाडौं मंसिर ८ गते:

नेपालको कोशी प्रदेशस्थित ताप्लेजुङको लेलेप नजिक केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको बताइएको छ।
भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनका विभिन्न क्षेत्रमा समेत महसुस भएको जनाइएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा समेत भूकम्पको कम्पन महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्।
भूकम्पको धक्का महसुस भए पनि सम्भावित क्षति तथा मानवीय असरबारे तत्काल विस्तृत विवरण प्राप्त भएको छैन।
भूकम्पको वास्तविक म्याग्निच्युड, केन्द्रबिन्दु र प्रभावित क्षेत्रबारे सम्बन्धित आधिकारिक निकायबाट पुष्टि हुन बाँकी रहेकाले थप विवरण आउन बाँकी छ