सिमरा सेजका ६ जना कर्मचारी बिचल्ली
स्पर्श खबर जितपुर बारा मंसिर १६ गते
जितपुरसिमरा उपमहानगरपालिका ४ अरहा स्थित सिमरा विशेष आर्थिक क्षेत्र सेज वर्गीकरणले पूर्व सहमति विपरीत ६ जना स्थानीय कामदार कर्मचारीलाई कामबाट अचानक निष्कासन गरेको छ । सेजले साइड कार्यालयमा विगत १५ वर्षदेखि कार्यरत कर्मचारीहरू पूर्व सूचना विपरीत कामबाट हटाइएको हो। निष्कासनमा परेकामध्ये अमर चौधरी, सुरेन्द्र चौधरी, महेश चौधरी, कुसुम श्रेष्ठ ,बीमादेवी र जिरा श्रेष्ठ रहेका छन्। स्थानीयका अनुसार सेजले स्थापना कालमा गरेको सहमति विपरीत उनीहरूलाई कामबाट निष्कासन गरेको हो। सेज स्थापना हुँदै गर्दा स्थानीय स्तरमा दुवै पक्षबीच जग्गा उपलब्ध गराउनेहरूको रोजगारी सुनिश्चित गर्ने भएको थियो। निष्कासनमा परेका मध्य एक कर्मचारी सुरेन्द्र चौधरीले भन्नुभयो सेजभित्रको जग्गामा खेती किसान गर्दै आएका थियौं आफ्नो भोग चलन को त्यही जग्गा दिएपछि बदलामा सेजले हामीलाई जागिर दिएको थियो। आजसम्मति विपरीत अचानक कामबाट हटाइयो। अराहा स्थित साविक बीरगञ्ज चिनी कारखानाबाट उद्योग मन्त्रालयको नाममा संयुक्तमा हस्तान्तरण भएको सो जमिनमा स्थानीय किसानहरूले वर्षौंदेखि खेतीपाती गर्दै आएका थिए। सोही क्रममा सो क्षेत्रमा सेज स्थापना हुने भएपछि परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति भएपछि किसानहरुले जग्गाको भाग छोडेको थियो । २०६५ साल चैत २८ गते तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यको प्रतिनिधित्व मार्फत स्थानीयलाई प्रतियोगितामा राखेर रोजगारी उपलब्ध गराउने सहमति भएको थियो। रोजगारी दिने सहमति भएपछि जमिन छोडेका थियौँ। अर्को पीडित महेश चौधरीले भन्नुभयो तर दुखको कुरा आज त्यो लत्याइयो। निष्कासनमा परेका अर्का एक कर्मचारीले आफूहरूको आधा उमेर सेजमै बितेको बताउँदै जागिरबाट हटाएपछि अब कहाँ जाने कहाँ बस्ने कसरी परिवारको हातमुख जोड्ने भन्ने समस्या उत्पन्न भएको बताएका छन् । उसले भने यदि फेरि काममा फर्काएन भने परिवारसहित गेटमै बस्न बाध्य हुनेछौं। उता सेचका कार्यालय प्रमुख पप्पु गिरीले निर्धन अनुसार मात्रै कर्मचारी चयन र संयोजन गरिएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभयो यो कार्यालयको स्थानीय स्तरको मात्र निर्णय होइन। माथिल्लो निकायबाट आएको निर्देशन अनुसार प्रक्रिया अघि बढाएको हो। कर्मचारी निष्कासनको विरोधमा स्थानीय बासिन्दाहरूले पनि असन्तुष्टि जनाएका छन्। सहमति विपरीत कामदार कर्मचारीहरूलाई गलत कार्य भएको उनीहरूको भनाइ छ। उनीहरुले पुरानो सहमति कार्यान्वयन गर्दै निष्कासित कर्मचारीहरूको तत्कालिक पुनबाली गर्न शेष कार्यालयसँग माग गरेका छन्
सिमरा सेजका ६ जना कर्मचारी बिचल्ली
oplus_0


