विश्व प्रसिद्ध गढीमाई मन्दिरको पोखरी फोहरले दुर्गन्धित
स्पर्श खबर जितपुर बारा मंसिर १९ गते
महागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरको ठूलो पोखरीमा फोहर थुपर्दै जान थालेपछि भक्तजनदेखि स्थानीयवासीसम्मले गुनासो गर्न थालेका छन्। गढीमाई मन्दिरसँगै जोडिएर पश्चिमतर्फ रहेको यो पोखरी प्लास्टिक कुहिने पदार्थ र अन्य फोहरले भरिएपछि धार्मिक पर्यटकलाई समेत प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ। देशविदेशबाट दर्शनका लागि आउने भक्तजनले पोखरीको दाहिने अवस्था देख्दा निराश व्यक्त गर्ने गरेका छन्। आस्थानी युवा आशिष चौरसेले मेलाको तयारीसँगै पोखरी सरसफाई पनि नगरपालिकाको जिम्मेवारी भित्र पर्नुपर्ने बताउँदै भन्नुभयो मेला त लगाइयो तर पोखरी सफाइमा नगरपालिका कार्यालय जिम्मेवार देखिएन । नगर प्रमुखले पहल गर्न नसक्ने हो भने हामी युवाले नै पोखरी सफा गर्छौं। यस्तै समाजसेवी रामजी यादवले नगरपालिकाको उदासीिनताका कारण पोखरीमा परिणित भएको आरोप लगाउनु भयो। दरनास्तीको भिड निकै हुन्छ तर पोखरीको दाहिने दृश्यले नगरको छवि नै बिग्रदै गएको छ। वडाध्यक्षदेखि नगरप्रमुखसम्मको उदाहरणशीलताले समस्या अझ जटिल बन्दै गएको हो। यस विषयमा प्रतिक्रिया लिन खोज्दा घडीमाई महानगरपालिकाका मेयर उपेन्द्र यादवसँग सम्पर्क हुन सकेन। पोखरी व्यवस्थापनमा देखिएको लपराहीप्रति आक्रोशित स्थानीय युवाहरू भने नगरपालिकाले तत्काल पहल नगरे आफूहरूले नै सरसफाई अभियान थाल्ने तयारी गरेका छन् ।
विश्व प्रसिद्ध गढीमाई मन्दिरको पोखरी फोहरले दुर्गन्धित


