ट्राफिक प्रहरीविरुद्ध चालक र व्यवसायीहरूद्वारा पत्र कार्यालयमा धर्ना
स्पर्श खबर जितपुर बारा मंसिर १८ गते।
बाराको पथलायामा पराल भुस लगायत कृषिजन्य कच्चापदार्थ बोकेका ट्रक र ट्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएपछि किसान व्यवसायी र चालक प्रहरी कारवाहीको विरोधमा उत्रेका छन् । प्रहरीले राजमर्गमै सयौं सवारी साधन रोकेपछि उनीहरूले बुधबार प्रत्यक्ष ट्राफिक प्रहरीको प्रदेश स्तरीय कार्यालय अगाडि धारणा दिएका छन्। बबर लोड ढाला भन्दा माथि बोकेको कारण देखाउँदै ट्राफिक प्रहरीले पराल र भुस लगायतका कृषिजन्य प्रयोजनको सामग्री दुवनीमा अनावश्यक रुपमा अवरोध गरेको किसान तथा व्यवसायहरूको आरोप छ। च्याउ उत्पादक किसान सङ्घका अध्यक्ष सन्तोष कार्कीले पराल भुस जस्ता कच्चा पदार्थ कृषि उत्पादनका लागि आवश्यक हुने भएपनि ट्राफिकले अनावश्यक दुख दिएपछि आन्दोलन गर्नुपरेको बताउनुभयो। धरनामा सहभागी चालक र किसानका अनुसार पछिल्ला केही दिनेता पत्लायामा १०० भन्दा बढी ट्रक तथा ट्याक्टर राजमर्गमै अलपत्र परेका छन्। चालक सुरेश श्रेष्ठले ट्राफिक प्रहरीलाई पैसा नबुझाई सारी चलाउन नपाइने अवस्था रहेको आरोप लगाउनुभयो। उहाँले कृषिजन्य उत्पादनका कच्चा पदार्थहरू निर्भर पाउनुपर्ने माग पनि गर्नुभयो। ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालले भने आफूहरूले कानुन अनुसार मात्र कारवाही गरिरहेको दाबी गर्नुभएको छ । तोकिएको मापदण्डभन्दा बढी लोड बोकेका सवारी साधनलाई रोकेका हौँ। उहाँले भन्नुभयो अलग मापदण्ड भएको प्रमाणसहित ल्याए छोडिन्छ उहाँका अनुसार ध्वनिका साधनले नियम विपरीत क्षमताभन्दा अधिक अग्लो बनाएर भार बोकेको र दुर्घटना जोखिम बढेको गुनासो आएपछि कडाई गरिएको हो। यसरी ढुवानी गर्ने साधनबाट सडक दुर्घटनाको जोखिम पनि उच्च हुने उहाँको भनाइ छ। अहिले रोकिएका ट्याक्टर र ट्रकले गरेको दोहनी नियमसम्मत छैन उहाँले भन्नुभयो नियम भित्र आएपछि सबै गाडी छोडिन्छ । सिलवालले ट्राफिक प्रहरीले चालकसँग अवैध रुपमा पैसा लिने गरेको भन्ने आरोपलाई पुष्टि गर्न चुनौती पनि दिनुभयो । यदि लेनदेन भएको प्रमाण फेला परे जो कोही भएपनि कानुन अनुसार कराई हुन्छ उहाँले भन्नुभयो।
ट्राफिक प्रहरीविरुद्ध चालक र व्यवसायीहरूद्वारा पत्र कार्यालयमा धर्ना
oplus_0


