अवैध भारतीय टमाटरले बजार लिएपछि स्थानीय टमाटर किसानहरू मारमा

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका  चारवटा वडामा गरिएको व्यावसायिक गोलभेडा खेतीले बजार नपाउँदा किसानहरू लगानी डुब्ने भयले चिन्तित बनेका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११,१२ , १९ र २० का सिसनिया फतेपुर इनरशिरा कञ्चनपुरमा सयौं बिघा बढी खेतमा यसपटक गोलभेडा खेती गरिएको त्यहाँका किसानहरुले बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका  … Read more

मालपोत , नापी कार्यालय बाराकाे सिमरामा  खुलेआम घुस प्रकरण: सेवाग्राही ठगिएको गुनासो

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते । बाराको सिमरा स्थित नापी र मालपोत कार्यालयमा घुसखोरीको जालो सक्रिय रहेको खुलासा भएको छ। मालपोत  र  नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हाल साबिक कित्ता काट लगायतका काममा खुलमखुल्ला घुस लिने गरेको  सेवाग्राहीहरुले गुनासो गरेका छन् । एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबी गर्न फिल्डमा खट्नकै … Read more

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख यादवको डाडो निर्देशन

 यातायात व्यवस्था कार्यालय बारा र अस्थायी ट्राफिक पोस्ट कलैयाको संयुक्त टोलीले मटिअर्वा चौकमा छड्के चेकिङ्ग गरेका छन् । यातायात व्यवस्था कार्यालय बाराका सहायक शाखा अधिकृत जिवरमण पौडेलको नेतृत्वमा खटिएको टोलीले मटिअर्वा चौकमा मंगलवार संयुक्त रुपमा छड्के चेकिङ गरेका हुन् । ट्राफिक नियम विपरित चलाईएका ७ सवारीसाधनहरूलाई कारवाही स्वरुप ट्राफिक प्रहरीले ८ हजार रुपैयाँको राजश्व संकलन … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक

मनाेज शाह जितपुर बारा फाल्गुन २१ गते: पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क, जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको छ । फागुन २४ गते बिहान आदर्श कोतवाल … Read more

एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रियो

अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ इलेक्ट्रियक सवारी साधन कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादनजस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ ।कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको छ। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता … Read more

बुधबारकाे माैसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम … Read more

शिव मन्दिर संरक्षण हेतु अनधिकृत संरचना हटाइयो

शिव मन्दिर संरक्षण हेतु अनधिकृत संरचना हटाइयो मनाेज शाह जितपुर बारा फाल्गुन २१ गते:  बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरको ६ लेन सडक मार्गको छेउमा रहेको हिन्दूहरूको श्रद्धाको केन्द्रमा रहेको शिव मन्दिरको जग्गामा अनधिकृत रुपमा कब्जा गरी घर टहरा  पसल निर्माण गरेको पाइएकोले वडा नम्बर ७ को कार्यालयले २०८० साल जेठ ८ गते घर … Read more

लागू औषध अफिमसहित अमलेखगञ्ज प्रहरीले २ जनालाई पक्राउ

मनाेज शाह जितपुर बारा फाल्गुन २० गते: लागू औषध अफिमसहित बारा प्रहरीले आज २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिस्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले २ किलो ५०० ग्राम लागू औषध अफिम जस्तो पदार्थसहित २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोटसाईकल चालक … Read more

पत्रकार उमेश कुमार दुबे तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश

पत्रकार उमेश दुबे तिन सय भन्दा बढि समर्थक सहित जनमत पार्टीमा प्रवेश स्पर्श खबर जितपुर बारा फाल्गुन २० गते । पत्रकार एवम् समाजसेवी उमेश कुमार दुबे आफ्ना तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश गराएका छन्। पत्रकार एवम् समाजसेवी दुबेलाई फेटा गाउँपालिका स्थित फेटा बजारमा एक कार्यक्रमका बिच जनमत पार्टीको केन्द्रीय अध्यक्ष … Read more

बाराका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात व्यवस्था कार्यालयमा छडके अनुगमन

बाराका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कलैया स्थित यातायात व्यवस्था कार्यालयमा सोमबार छडके अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले उजुरीको आधारमा छड्के अनुगमन गरेको हो । यातायात कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि प्रजिअ अधिकारीले छड्के अनुगमन गरेको जनाईएको छ । टोलीले अनुगमन … Read more