यातायात व्यवस्था कार्यालय बारा र अस्थायी ट्राफिक पोस्ट कलैयाको संयुक्त टोलीले मटिअर्वा चौकमा छड्के चेकिङ्ग गरेका छन् ।
यातायात व्यवस्था कार्यालय बाराका सहायक शाखा अधिकृत जिवरमण पौडेलको नेतृत्वमा खटिएको टोलीले मटिअर्वा चौकमा मंगलवार संयुक्त रुपमा छड्के चेकिङ गरेका हुन् ।
ट्राफिक नियम विपरित चलाईएका ७ सवारीसाधनहरूलाई कारवाही स्वरुप ट्राफिक प्रहरीले ८ हजार रुपैयाँको राजश्व संकलन गरेको अस्थायी ट्राफिक पोस्ट कलैयामा प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाही गरि तथा सवारीसाधनका चालकहरुलाई बाटोमै ट्राफिक सचेतनामुलक तालिम समेत दिईएको निरिक्षक बस्नेतले बताए ।
हरेक हप्ता २ वा ३ दिन जिल्लाको विभिन्न ठाउँमा संयुक्त रुपमा सवारीसाधनलाई चेकजाँच गर्ने गरेको यातायात व्यवस्था कार्यालय बाराका लेखापाल रघुनन्दन कुमार साहले बताएका छन् ।