बाराका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात व्यवस्था कार्यालयमा छडके अनुगमन

बाराका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले कलैया स्थित यातायात व्यवस्था कार्यालयमा सोमबार छडके अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले उजुरीको आधारमा छड्के अनुगमन गरेको हो ।

यातायात कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि प्रजिअ अधिकारीले छड्के अनुगमन गरेको जनाईएको छ ।

टोलीले अनुगमन गर्दा यातायातका कार्यालय प्रमुख अबिन्दर दास कार्यालयमा हाजिरी गरि १२ः५० देखि कार्यालयमा अनुपस्थित रहेको पाइएको प्रजिअ अधिकारीले जानकारी दिएका छन ।

कार्यालय बाहिर नयाँ लाइसेन्स लिने सेवाग्राहीहरुको पहिला निरोगिता स्वास्थ्य परिक्षण हुने गरेको छ । कार्यालयको बाहिर दिने निरोगिताको प्रमाणपत्र बिना डाक्टरको चेकजाँच गरि सेवाग्राहीहरुलाई दिने गरेको पाइएको छ भने तर विचौलियाहरुले कार्यालयको अगाडि सेवाग्राहीहरुसंग २ सय रुपैयाँ लिएर बिना स्वास्थ्य परिक्षण गरि निरोगिता प्रमाणपत्र दिने गरेकाले यस विषयमा छानविन गरेर गलत भए कारवाही गर्ने प्रजिअ अधिकारीले बताउनुभएको छ ।

असक्त वा सवारी चालउन नै नसक्ने सेवाग्राहीहरुलाई पनि दुई सय रुपैयाँ लिएर निरोगिता प्रमाणपत्र दिने गरेको एक सेवाग्राहीले गुनासो समेत गरेका थिए ।

अनुगमन टोलीले पारेको निरोगिता प्रमाणपत्रमा चिकित्सक डाक्टर मोस्तकिम मंसुरको हस्ताक्षर गरिएको ठेली एक बण्डल बरामद गरिएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै फागुन १५ गतेदेखि १९ गतेसम्म नवीकरण शाखाका सहायक शाखा अधिकृत सुशील कुमार कर्णको हाजिरी राजिस्टरमा घर बिदा चढाइएको तथा मौखिक रुपमा बिदा लिएर र बिदा फारममा समेत स्वीकृत नभएको पाईएको प्रजिअ अधिकारीले पत्रकारहरुलाई बताएका छन् । नवीकरण शाखाका अधिकृत जीवरमण पौडेलले मात्र फागुन १९ गते बिदा लिएको तर उनको कोठा बन्द रहेको समेत रहेको पाईएको छ ।

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पु¥याउन निर्देशनसमेत दिएका छन् ।

बिना चिकित्सकको उपस्तिथिमा निरोगिता प्रमाणपत्र दिने सरासर गैरकानुनी काम हो,डाक्टरलाई पनि बुझ्छौ,छ सही छाप नक्कली हो कि होइन,बिचैलियाहरुले नै नक्कली बनाएको हो कि होईन चेकजाँच गर्ने प्रजिअ अधिकारीले बताए ।

“हामी आउने थाहा पाए पछि उनीहरु भागाभाग हुन्छ। बिचौलिया यातायात कार्यालयमा मात्र बस्दैन,बिचौलिया बजारमा बस्छ,केहि दिन अघि कलैया भरत चोकबाट बिचौलियालाई पक्राउ गरेको छौ,प्रजिअ अधिकारीलले पत्रकारहरुलाई जानकारी गराएका छन ।

उहाले बिचौलिया कन्ट्रोल गर्ने सवालमा मिडियाकर्मीले घचघच्याईरहनु भएको छ। अब हामी सकृय हुन्छौ,यस्तो पाईए समातेर थुन्छौ । बाहिर आएर बिचौलियाको काम गर्ने गैरकानुनी काम गर्ने,लाइसेन्समा पैसा लिएर काम गर्ने यस्तो खालको प्रमाण आयो भने कारवाही गर्ने अधिकारीले प्रतिबद्धता जनाएका छन ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ र प्रशासन कार्यालय बाराका मुद्दा शाखाका नायब सुब्बा अरुण साह समेतको सहभागिता थियो।

यसैगरी टोलीले कार्यालयको अगाडिबाट छविलाल राउत,अरुण कुमार पटेल र मुसर्फ मंसुरलाई पक्राउ गरि केही घण्टा थुनामा राखी बोलाएको बेला प्रहरी कार्यालयमा उपस्थित हुने गरि छोडीएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले बताएका छन् ।