स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका चारवटा वडामा गरिएको व्यावसायिक गोलभेडा खेतीले बजार नपाउँदा किसानहरू लगानी डुब्ने भयले चिन्तित बनेका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११,१२ , १९ र २० का सिसनिया फतेपुर इनरशिरा कञ्चनपुरमा सयौं बिघा बढी खेतमा यसपटक गोलभेडा खेती गरिएको त्यहाँका किसानहरुले बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ चिसनियाका किसान सन्तोष यादवले इजरायलबाट कृषि फर्म गरेर नेपालमा सोही अनुसारको कृषि कर्म थालेकामा लाखौं मूल्यको घाटा भएको बताए । उनले करिब ४ बिघामा गोलभेडा खेती गरेकोमा अहिले प्रति किलो डेड रुपैयाँमा बिक्री गर्दा पनि व्यापारीहरूले चासो नदेखाएकोले खेतमा नै गोलभेडा खेरा गइरहेको बताए । उनले रु २० लाख लगानी गरेको तर अहिलेसम्म ८ लाख बढीको पनि गोलभेडा बिक्री नभएको दुख्छु पोखे। किसान यादवले भने २५ किलोको क्यारेट यसअघिसम्म डेढ हजारमा बिक्री हुँदै आएकोमा अहिले ७०मा बिक्री गर्दा पनि व्यापारी नपाएको बताए। उनले प्रत्येक क्यारेक्ट तयार गर्दा ज्याला नै ३० रुपैयाँ पर्न जाने र ४० गोलभेडा बिक्री गरेर कसरी लगानी उठ्छ होला चिन्ता व्यक्त गरे । अर्को किसान जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १२ फतेपुरका रविन्द्र शहनीले पाँच बिघामा रु २७ लाख लगानी गरेको तर अहिलेसम्म रु १० लाख पनि लगानी ननिस्किएको बताए । उनले नेपाली गुण भेडाले बजार नपाउनुको कारण भारतबाट खुल्ला सीमाबाट अवैध रुपमा गोलभेडा भित्रनुलाई बताएका छन्। सरकारले चोरी पठारीमा कडाई नगर्ने हो भने नेपाली किसानहरूको लगानी डुब्ने र आत्मनिर्भर हुन नसक्ने बताए । उनले अवैध पैठारीले गोलभेडा खेती गर्ने किसानहरू मृतसहित बनेका र आग्मी वर्ष किसानले गोलभेडा खेती नगर्दा भारतमा निर्भर हुनुपर्ने अवस्था आउने र नेपाली किसानहरु बेरोजगार हुने बताए । गोलभेडा खेती गर्न भादोमा बिरुवा तयार गरी असोजमा रोप्ने र मङ्सिरको अन्तिमदेखि आग्मी वैशाखसम्म गोलभेडा उत्पादन हुने अनुमान गरिएको छ। यसपालि मङ्सिर महिनाभरि पञ्चमी वर्षीय गढीमाई मेला लागेकोले हरियो तरकारीको मूल आस्किएको थियो। मेला समापन भएसँगै किसानहरूको उत्पादन एकैपटक बजार आउँदा पुसको पहिलो ७ देखि हरियो तरकारीहरूको मूल वाति घटेको थियो र सो क्रममा अहिलेसम्म जारी छ । काउरी बन्दा कोभी आलु हरियो केराउ आदिको मोल अहिलेसम्म ओरालो लागेकै अवस्था छ। कतिपय स्थानमा हरियो तरकारीले बजार नपाउँदा किसान खेतमै चढाउने गरेका छन्।