अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ इलेक्ट्रियक सवारी साधन कम्पनी हो । विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादनजस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ ।
कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको छ। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।
एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो। एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ। यी कारहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुबै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत आउनेछन्। एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रिसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो।
स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ। एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ।
यसको ब्याट्री प्याक अन्य इभीहरूजस्तो बाहिरबाट झुन्डिएको देखिदैन। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ। चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ।सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ। नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसन (SE) को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको(CE)मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।
आफैँ डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD)दुवै अप्सनमा एकैसाथ उत्पादन गर्छ। देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौं बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ र अर्को साता भित्र ललितपुरको बालकुमारी बाट पनि शोरूम सञ्चालन गर्दैछ भने काठमाण्डौको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको छ।सभार लाेकन्तर ।