स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते ।
बाराको सिमरा स्थित नापी र मालपोत कार्यालयमा घुसखोरीको जालो सक्रिय रहेको खुलासा भएको छ। मालपोत र नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हाल साबिक कित्ता काट लगायतका काममा खुलमखुल्ला घुस लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबी गर्न फिल्डमा खट्नकै लागि प्रतिफल ३००० देखि ५००० रुपैयाँसम्म माग्ने गरेका छन्। त्यस्तै सामान्य कित्ता काट प्रक्रियामा पाँच सयदेखि १०००सम्म असुल्ने गरेको बताएकाे छ । कर्मचारीहरूले नियम विपरीत पनि कित्ताकाट गर्ने र सोको लागि ५० हजारदेखि लाखौं रुपैयाँसम्मको बार्गेनिङ गरेर मात्र प्रक्रिया अघि बढाइने गरिएको सेवाग्राहीहरूको आरोप छ। नाम सार्वजनिक नगर्ने सर्तमा एकजना सेवाग्रहीहरूले आफूले हाल साविकका लागि महिनौअघि निवेदन दिएको तर अहिलेसम्म पनि काम नभएको बताए । आफूभन्दा पछाडि निवेदन दिएका केही व्यक्तिहरूले सेटिङ मिलाएर काम गरिसके। उनले भने। मालपोत र नापी कार्यालयका कर्मचारीहरू तथा लेखापढी व्यवसायहरु बीचको सेटिङमा हुँदै आएको यस्तो काममा कागजमा बने सबै प्रक्रिया पूरा गरेको फाइल तयार गरिने गरेको छ । कार्यालयकै एक कर्मचारीले भने नियमसंगत प्रक्रिया भएपनि सेटिङ नमिले कागज पास हुँदैन उनले भने उल्टै आलटाल गरिन्छ र सेवाग्राहीहरूलाई आवश्यक दुःख दिइन्छन्। मालपोत कार्यालयका प्रमुख इन्द्रदेव पाण्डे ,अधिकृत दिलिप श्रेष्ठ,राजेश्व विभाग लिलाराज पौडेल, मोडफाट अजय दास, निभा ठाकुर नापी कार्यालय प्रमुख प्रभु कोइली निजगढ नगरपालिका फाँटका दिनेश शाह जितपुरसिमरा जयचन्द जयस्वाल मिलेर घुस लिने गरेको स्रोतले बताएको छ। सभार कृपा दैनिक ।जसअनुसार प्रत्येक दिन कुन फाँटमा कति कित्ता काटेर हाल साबिक भयो भने विवरण अधिकृतहरुले संकलन गर्ने र कार्यालय समयपछि अमिन सर्वेक्षकहरूले अधिकृतहरुलाई रकम बुझाउने गरेको स्राेतले बताएको छ ।