शिव मन्दिर संरक्षण हेतु अनधिकृत संरचना हटाइयो

शिव मन्दिर संरक्षण हेतु अनधिकृत संरचना हटाइयो

मनाेज शाह जितपुर बारा फाल्गुन २१ गते: 

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरको ६ लेन सडक मार्गको छेउमा रहेको हिन्दूहरूको श्रद्धाको केन्द्रमा रहेको शिव मन्दिरको जग्गामा अनधिकृत रुपमा कब्जा गरी घर टहरा  पसल निर्माण गरेको पाइएकोले वडा नम्बर ७ को कार्यालयले २०८० साल जेठ ८ गते घर टहरा हटाउनु प्रथम पटक सार्वजनिक सूचना प्रकाशित  गरेको थियो । छोटो पटकसम्म पनि सूचना प्रकाशित गरी जानकारी गराउँदा भने उक्त ऐलानी जग्गा कब्जा गरिराखेका थिए। २०८१ साल फागुन ६ गते अन्तिमपटकको लागि भनी सूचना प्रस्तुत गर्दा उक्त शिव मन्दिरका पुजारी श्री दुवैले अरुको बहकाउमा आएर अदालतमा वडा कार्यालयको सूचना विपरीत कार्य रोक्का गर्न पुगेका थिए। पछि उच्च अदालतमा पुजारी विदेशी दुबैले भूसहरूको जग्गाको संरक्षण र अस्त्रउन्नतिको लागि गराएको कामले सबैको भलाई हुने हुँदा दर्ता गराएको निवेदन फिर्ता लिएका थिए । उच्चारण जनकपुर अस्थायी इजलास बीरगञ्जले मुलुकी देवानी कार्यविधि २०७४ को दफा १९६ बमोजिम प्रस्तुत निवेदन फिर्ता गरी वडा कार्यालयलाई अन्तिम आदेश समेत दिएको छ। आज सोही आदेश बमोजिम मन्दिर संरक्षण गर्न वडा कार्यालय अनाधिकृत संरचना डोजर लगाई हटाउने कार्य गरेको वडा अध्यक्ष सुनिल कुमार गुप्ताले भने ।्