सिमरामा मुक्ति समाजको शुभकामना आदानप्रदान, सामाजिक एकतामा जोड

सिमरामा मुक्ति समाजको शुभकामना आदानप्रदान, सामाजिक एकतामा जोड
मनाेज शाह जितपुर बारा असाेज २६ गते:

नेकपा एमाले निकट मुक्ति समाज नेपाल, जीतपुरसिमरा नगर कमिटीले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
नगर कमिटी अध्यक्ष सुदन दास तत्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले मधेश प्रदेश सचिव मनोज पौडेलले चाडपर्वले सामाजिक सद्भाव, एकता र भाइचारालाई बलियो बनाउने बताए। उनले सबै समुदायबीच आपसी सम्मान र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
पूर्व केन्द्रीय सल्लाहकार सरस्वती देवी चौधरी र त्रिलोक विक्रम ठकुरीले पनि चाडपर्वले सामाजिक एकता र मेलमिलाप बढाउने धारणा व्यक्त गरे।
कार्यक्रममा मधेस पुर्व सदस्य सुन्दर विक, सीता गुरुङ, कृष्ण खनाल, कृपाल दास र माया विकलगायतको उपस्थिति रहेको थियो।