कलैया अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा अन्सारी

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामले प्रादेशिक अस्पताल कलैयाको अस्पताल सञ्चालन समिति तथा व्यवस्थापन समितिको अध्यक्षमा जवाहिर अन्सारीलाई मनोनित गरेको छ। कलैया उपमहानगरपालिका –०८ निवासी अन्सारीलाई अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो। मन्त्रालयको … Read more

मधेश प्रहरीभित्र कलह : डीआईजी चतुर्वेदी र एसपी सिलवालबीच शक्ति–प्रदर्शन इन्दीप

इन्दीप कोइराला, बारा २२ असाेज, बारा ।मधेश प्रदेश प्रहरीभित्र आन्तरिक खटपट चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालबीच खुलेआम शक्ति–प्रदर्शन सुरु भएको छ। मातहतका ट्राफिक प्रहरीहरू यो टकरावको सबैभन्दा ठूलो शिकार भएका छन्। उनीहरूका अनुसार आदेश … Read more

सिमराको जगदम्बा स्टिलले मजदुरहरुलाई बोनस रकम भुक्तानी नगरेपछि संचलाकलाई मजदुरको खुल्ला पत्र !

सिमराको जगदम्बा स्टिलले मजदुरहरुलाई बोनस रकम भुक्तानी नगरेपछि संचलाकलाई मजदुरको खुल्ला पत्र ! खुला पत्र । जगदम्बा स्टिल्स लि. का संचालकआदरणीय साहिल अग्रवाल सरलाइ मजदुरको तर्फबाट खुला पत्र । ✍️ मनको पीडा,आदरणीय प्रमुख श्री साहिल अग्रवाल ज्यू,तपाईं र जगदम्बा स्टिल्स लिमिटेडका सबै लगानीकर्ताहरूप्रति मेरो हृदयदेखि सम्मान छ।आज मन भारी बनाएर केही शब्द लेखिरहेको छु ।हाम्रो … Read more

डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी

डेङ्गी नियन्त्रणमा काठमाडौँ महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी बर्षा याममा महामारीका रुपमा फैलिने डेङ्गी महामारी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अघि सारेको बहुसाझेदार कार्यक्रमले सकारात्मक नतिजा देखाएको छ । महानगरपालिका क्षेत्रभित्रको तथ्याङ्क हेर्दा अहिले डेङ्गी संक्रमणको दर घटेको देखिएको छ । २०८० सालको असारदेखि २०८१ सालको साउन मसान्तसम्म महानगरपालिकाभित्र ३ हजार ५८६ जनामा डेङ्गी संक्रमण भएको थियो … Read more

दुर्घटना हुदाँ एक जनाको मृत्यु

स्पर्श खबर जितपुर बारा असोज २१ गते दुर्घटना हुदाँ एक जनाको मृत्यु पर्साको पोखरिया लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा सोमबार राति १०ः३० बजेतिर मधेस प्रदेश ०२८ … Read more

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् ।

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल स्पर्श खबर, जितपुर बारा — असोज २१ गतेहालैको अविरल वर्षाका कारण देशभरै जनधनको ठूलो क्षति भएको छ। सोही सन्दर्भमा मधेश प्रदेशका पूर्वमन्त्री तथा सांसद जितेन्द्र प्रसाद सोनलले आफ्नो निर्वाचन क्षेत्र बारा–४ ‘ख’ का विभिन्न बाढीपीडित स्थानहरूको स्थलगत निरीक्षण गर्नुभएको छ। सोनलले विशेषगरी फेटा गाउँपालिका–१ … Read more

पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा

पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा छन्। बाढीले गर्दा धेरै घरहरू डुबानमा परेका छन्, जनधनको क्षति भएको छ, सडक हरु भत्केको छ र मानिसहरूलाई राहतको लागि तत्काल सहायताको आवश्यकता छ। यस्ता संकटको बेला गाउपालिका अध्यक्ष सुरेश मेहता भने गाउपालिका छोडेर सरकारी सवारी साधन लिएर बिरगंजमा मौजमस्तिमा घुमिरहेका छन् यस्ता गैरजिम्मेवार जनप्रतिनिधिका कारण स्थानिय जनतालाई … Read more

बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोप

बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोपस्पर्श खबर, जितपुर (बारा), असोज २१ गते। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित भगवती स्टिल प्रालिमा मजदुर र सञ्चालकबीचको विवाद तीव्र बनेको छ। विवादका कारण कम्पनीले उद्योगको गेटमा नोटिस टाँसी उद्योग बन्द गरेको छ, जसका कारण करिब २२० जना मजदुर अलपत्र परेका छन्। मजदुरहरूले कम्पनीले बोनस … Read more

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार! देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन्। प्रारम्भिक अध्ययनले देखाएको छ कि उनीहरूले जागिर खाएको करिब एक दशकमै प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। विज्ञहरूका अनुसार देशमा हुने ठूला भ्रष्टाचारमा नेता मात्र दोषी छैनन्, कर्मचारीहरूको मिलेमतो र ‘सेटिङ’ प्रणालीले … Read more