पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा

पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा छन्। बाढीले गर्दा धेरै घरहरू डुबानमा परेका छन्, जनधनको क्षति भएको छ, सडक हरु भत्केको छ र मानिसहरूलाई राहतको लागि तत्काल सहायताको आवश्यकता छ। यस्ता संकटको बेला गाउपालिका अध्यक्ष सुरेश मेहता भने गाउपालिका छोडेर सरकारी सवारी साधन लिएर बिरगंजमा मौजमस्तिमा घुमिरहेका छन् यस्ता गैरजिम्मेवार जनप्रतिनिधिका कारण स्थानिय जनतालाई थप दुःखी बनाएको छ।

यो घटनाले स्थानीय सरकार र प्रतिनिधिहरूको जिम्मेवारी माथी ठूलो सवाल उठाउँछ। जनताको दुःखकष्टमा सहायताको स्थानमा, गाउपालिका अध्यक्षको यस्तो व्यवहारले जनताको विश्वासमा गम्भीर असर पुर्याउन सक्छ। जनताले यस्तो अवस्थामा जनप्रतिनिधि हरूबाट अनिवार्य रूपमा जवाफदेहिता र सक्रियता चाहन्छन्।

बाढीको संकटमा परेका जनतालाई जनप्रतिनिधिहरूले तुरुन्त राहत र उद्धार कार्यमा सक्रिय हुनुपर्ने आवश्यकता छ। स्थानीय युवा अकलेस शाह आफ्नो फेसबुकमा पोस्ट गर्नुभएको छ।