सुटकेशभित्र महिलाको शव

स्पर्श खबर जितपुर बारा भदौ ७ गते: गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेलागौर–सिरसिया सडकखण्डको मुडवालाबा मोड नजिक आज एउटा सुटकेशभित्र महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त सुटकेश खोल्दा भित्र साडी लगाएकी महिलाको शव देखिएको छ। शवको अवस्थालाई हेर्दा प्रारम्भिक अनुमानमा महिलाको हत्या गरी सुटकेशमा राखिएको हुन सक्ने प्रहरीले … Read more

लिपुलेक सम्झौता अस्वीकार, नेपालले पठायो भारत-चीनलाई कूटनीतिक नोट

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच भएको व्यापार मार्ग खोल्ने सहमतिविरूद्ध नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएको छ । चौतर्फी दबाब बढेपछि सरकारले दुवै देशका कूटनीतिक नियोगमार्फत् नोट पठाएको हो । सरकारले दुवै देशसँग सीमा विवाद समाधानका लागि स्थापित संयन्त्रमार्फत् छलफल गर्नुपर्ने उल्लेख गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले … Read more

पर्साकाे बिरगजमा झाडापखाला र हैजा (कोलेरा) को प्रकोप बढ्दै गएसँगै हालसम्म ३९ जनामा

स्पर्श खबर जितपुर बारा भदौ ७ गते ।पर्सा जिल्लामा झाडापखाला र हैजा (कोलेरा) को प्रकोप बढ्दै गएसँगै हालसम्म तराई हस्पिटलमा १४ जना, नारायणी हस्पिटलमा १५ जना, नेशनल हस्पिटलमा ४ जना, भवानी हस्पिटलमा २ जना, अली अर्थो ट्रमा सेन्टरमा २ जना र नारायणी सेन्ट्रल हस्पिटलमा २ जना गरी दर्जनौँ संक्रमित बिरामी उपचाररत रहेका छन्। यसैबीच रोग … Read more

वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि

स्पर्श खबर जितपुर बारा भदौ ७ गते: वीरगंजमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका तिव्र रूपमा नियन्त्रण र रोकथाममा जुटेको छ। शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा हैजा वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ। यसबीच … Read more

नेपाल सितोरियो कराते शाखा डाेजाे जितपुरद्वारा प्रजिअ अधिकारीलाई बिदाई

स्पर्श खबर जितपुुर बारा भदौ ७ गते: नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको छ। संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज कुमार साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको … Read more

मघाङ क्षेत्रमा शुक्रबार राति ११:१५ बजे ४.४ म्याग्नीच्युडको भूकम्प

संखुवासभाको मघाङ क्षेत्रमा शुक्रबार राति ११:१५ बजे ४.४ म्याग्नीच्युडको भूकम्प गएको हो, जसले आसपासका जिल्लाहरूमा पनि धक्का महसुस गरिएको थियो।भूकम्पका कारण स्थानीयवासी त्रसित भए तापनि हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण आएको छैन।भूगर्भविद्हरूका अनुसार नेपाल भूकम्पीय जोखिममा रहेको क्षेत्र हो र सन् २०१५ को महाभूकम्पपछिका परकम्पहरू अझै जारी छन्।

गण्डकी बोर्डिङका ३ सय विद्यार्थी एकैचोटि बिरामी

पोखरा । गण्डकी बोर्डिङ स्कुलको होस्टेलका करिब ३ सय जना विद्यार्थी बिरामी परेका छन् । बिहीबार रातिको खानाका कारण उनीहरुमा फूड प्वाइजन भएको आंशका छ । खाना खाएको केही समयपछि अधिकांश विद्यार्थीमा झाडावान्ता, पखाला हुने, टाउको दुख्ने, पेट दुख्ने लक्षण देखा परेको थियो । उनीहरुलाई प्राथमिक उपचारका लागि स्कुल परिसरकै हेल्थ सेन्टर लगिएको थियो । … Read more

भारत र चीनकाे विरूद्धमा मसाल जुलुस निकाल्याे

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंमा शुक्रबार साँझ नेविसंघ त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो । सोही क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायतका नारा नेविसंघले लगाएको थियो । सघीय संसदमा पनि बिहीबारदेखि यो विषयले प्रवेश पाएको छ । सत्ता पक्ष … Read more

पुर्ब मन्त्री पौडेलद्वारा इण्डिया र चिनले नेपालको स्वाभिमान माथि चोट पुर्याएको भन्दै कडा बिरोध

नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रियताको पक्षमा उभिन सबैलाई अपिल गरका छन । उनले आफनो सामाजिक संजाल फेसबुकमा नेपालको ऐतिहासिक तथ्य उल्लेख गर्दै यस्तो अपिल गरेका हुन । भारत र चीनले हालै लिपुलेक पास हुदै ब्यपार सम्झौता गरेकोमा पूर्व मन्त्री पौडेलले आपत्ती जनाएका छन । उनले यो कदमलाई नेपालको सार्वभौमीकता माथिको … Read more

साउदीमा ११० अवैध नेपालीलाई एक्जिट भिसा

काठमाडौं । साउदीमा अवैध रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार हुरुब तथा फाइनल एक्जिट लागेका ११० जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्। गत आर्थिक बर्षमा २ हजार भन्दाबढी अवैध रुपमा बसेका नेपालीले एक्जिट भिसा पाएर स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ। आवासीय अनुमतिपत्र (इकामा) नबनाएका … Read more