सिमराको जगदम्बा स्टिलले मजदुरहरुलाई बोनस रकम भुक्तानी नगरेपछि संचलाकलाई मजदुरको खुल्ला पत्र !
खुला पत्र ।
जगदम्बा स्टिल्स लि. का संचालक
आदरणीय साहिल अग्रवाल सरलाइ मजदुरको तर्फबाट खुला पत्र ।
✍️ मनको पीडा,
आदरणीय प्रमुख श्री साहिल अग्रवाल ज्यू,
तपाईं र जगदम्बा स्टिल्स लिमिटेडका सबै लगानीकर्ताहरूप्रति मेरो हृदयदेखि सम्मान छ।
आज मन भारी बनाएर केही शब्द लेखिरहेको छु ।
हाम्रो महान पर्व , दसैं ,तिहार र छठ पर्वमा
हामी मजदुर परिवारको शरीर बाट लत्ता कपडा खोसिएका छन ।
हाम्रो परिवारको मुखबाट मीठो गाँस खोसिएको छ ।
यो महान पर्वमा हाम्रो परिवारको मीठो मुस्कान अनि बर्ष भरिको रहर खोसिएको छ ।
हाम्रो मन टुटेको छ ।
हाम्रो आसा र भरोसामा कहिल्यै नमिटिने दाग लागेको छ ।
आज आफ्नै पसिना संग प्रस्न सोधिरहेको छु , तर उत्तर पाउदिन ।
मलाई थाहा छ , यति ठुलो अपराध हजुरबाट हुनै सक्दैन ।
हिजोको सानो देसि रोलिङ मिल देखि आजको पब्लिक सेयरमा मुल द्वारमा पुगेको जगदम्बा स्टिल्स लि. यो अबस्थामा आइपुग्नुमा तपाईंको अर्थ लगानी र हामी मजदुरहरूको पसिनाको बराबरीको सहयात्रा हो।
देशमा कयौ कठिन घडी आए – विभिन्न राजनीतिक घटनाक्रम, जनआन्दोलन, नाकाबन्दी, कोभिडको महामारि – हामीले कम्पनीलाई जोगाउन, बाँचाइ राख्न आफ्नो सबथोक दियौ । यो कम्पनी बचाउन स्थानिय समाजालाइ उधोग मैत्री बनाउ के कस्तो भुमिका खेल्यौ तपाइको टिम र जितपुरसिमराको सबै जनसमुदाय लाइ राम्रो सग थाहा छ ।
अझ अचम्मको कुरा हामिले कहिल्यै कम्पनी बन्द गरेको कुनै पनि माग राखेका छैनौ , आजसम्म कम्पनिको अहितमा कुनै पनि कदम उठाएका छैनौ ।
परिवार ठूलो भएपछि अलि अलि भनाभन सामान्य हो
सामान्य कुरोलाइ बखेडा निकालेर दलाल हरुले हामी विरुद्ध अदालत बाट स्टे अडर ल्याउनु , हामिबाट खतरा भएको भन्दै जिल्ला प्रसासन बारामा सुरक्षाको माग गर्नु यो कति नजायज छ , तपाइले राम्रो संग बुझ्नु भएकै छ ।
मेरो बिचारमा यो काम पुर्णतः घटनालाइ अतिरन्जित गरेर तपाइँ हाम्रो सम्बन्धमा दरार ल्याउने काम भएको छ ।
तपाइले सायद बिर्सिनु भयो होला जस्तो लाग्छ ।
हाम्रो कम्पनिमा घटेका अनेकौ घटनाहरुमा हामी मजदुर र तपाईं नेतृत्वबीचको सम्बन्ध बाबु–छोराको जस्तो थियो।
पद र द्रब्यको चरम लोभमा परेका दलालहरु लाई के थाहा जगदम्बा स्टिल्स लि. को यो साम्राज्य खडा गर्नुमा हामी मजदुरको कति योगदान रहयो भन्ने कुरा ।
तर आज तपाइँ हाम्रो पवित्र सम्बन्धलाई केही स्वार्थी तत्वहरूले बिगार्दै छन्। छणिक लाभका लागि, तपाईं र हाम्रो भरोसाको घर भत्काएर र आफ्नो कुर्सी बचाउन खोज्दै छन । अझ भन्नू पर्दा आफैं नयाँ नयाँ घटना सिर्जना गरेर मज्जाले कमाउने धन्दामा लागेका छन ( आफै बोक्सी आफै झाक्री ) । यस्ता फटाहा घुसखोर दलाल हरुको कारणले तपाईं र हाम्रो सम्बन्धमा दूरी बढेको महसुस भइरहेको छ।
आज जगदम्बा स्टिलको पुजी कहाँ पुग्यो ?
हामिहरुले कहिल्यै मुनाफाको बोनस त मागेनौ ।
आज सम्म हाम्रो हरेक समझदारी सबै मौखिक नै भएका छन ।
यो नै सबैभन्दा ठूलो समझदारी हो ।
तर आज यहि समझदारी चम्चाहरुको इसारामा भत्किएको छ । हामी मजदुर दुखी भएका छौ ।
अब बोनसको कुरा गरौ !
तपाइँ लाई थाहा नै छ होला ,यदि तपाइले बोनस दिनुभयो भने हामिहरु सबै मजदुरले २ बर्षमा सिमरामा घर बनाउन सक्छौ ।
आज सम्म हामिहरुले लिएको बोनस भनेको चाडपर्व मान्ने सामान्य खर्छ मात्र हो भन्ने कुरा हजुरलाइ राम्रो संग थाहा छ । तर पनि तपाइँ किन मौन बस्नुभएको छ हामिलाइ थाहा छैन ।
तपाइँलाई हार्दिक अनुरोध गर्न चाहान्छु
हाम्रो पसिनाको कदर गर्दै कृपया दलाल चम्चाहरूको कुरा नसुनी, वास्तविकता बुझेर हाम्रो सम्बन्धलाई फेरि पुरानै जस्तो पारदर्शी र विश्वासिलो बनाइदिनुहोस्।
आदरणीय साहिल सर तपाइलाइ हार्दिक अनुरोध गर्न चाहन्छु ।
आयुस गुप्ता सरको रोहवरमा भद्र सहमती भए अनुसार हाम्रो बोनस रकम भुक्तानी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
#श्रमिकको पसिना कहिल्यै सस्तो हुँदैन।
पसिनाले बनेको घर ढाल्न हामी दिन्नौं।
श्रमिक र मालिकको सम्बन्ध बाँच्दा मात्र उद्योग बाँच्छ।
जगदम्बा स्टिल्स केवल एउटा कम्पनी होइन, यो हाम्रो आन–मान–सान र पहिचान हो। यसलाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो। हाम्रो आवाजलाई सुन्नुहोस्, हाम्रो पसिनाको सम्मान गर्नुहोस्, र हामीलाई फेरि त्यो गौरवपूर्ण परिवारको सदस्यजस्तो महसुस गराइदिनुहोस्।
तपाईंको मजदुर । मजदुर विकास पाण्डेको फेसबुकबाट ।


