७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार!

देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन्। प्रारम्भिक अध्ययनले देखाएको छ कि उनीहरूले जागिर खाएको करिब एक दशकमै प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। विज्ञहरूका अनुसार देशमा हुने ठूला भ्रष्टाचारमा नेता मात्र दोषी छैनन्, कर्मचारीहरूको मिलेमतो र ‘सेटिङ’ प्रणालीले पनि ठूलो भूमिका खेलेको छ। खर्चको बिल दोहोरो देखाएर रकम हिनामिना गर्ने, सार्वजनिक खर्चमा मनपरीता गर्नेजस्ता कार्य व्यापक छन्। यस्ता गतिविधि रोक्न पहिले कर्मचारी तहमै कठोर कारबाही आवश्यक देखिएको छ।