दुर्घटना हुदाँ एक जनाको मृत्यु

स्पर्श खबर जितपुर बारा असोज २१ गते दुर्घटना हुदाँ एक जनाको मृत्यु पर्साको पोखरिया लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा सोमबार राति १०ः३० बजेतिर मधेस प्रदेश ०२८ … Read more

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् ।

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल

जितेन्द्र सोनलद्वारा बाढी पीडित क्षेत्र निरीक्षण, क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि पहल स्पर्श खबर, जितपुर बारा — असोज २१ गतेहालैको अविरल वर्षाका कारण देशभरै जनधनको ठूलो क्षति भएको छ। सोही सन्दर्भमा मधेश प्रदेशका पूर्वमन्त्री तथा सांसद जितेन्द्र प्रसाद सोनलले आफ्नो निर्वाचन क्षेत्र बारा–४ ‘ख’ का विभिन्न बाढीपीडित स्थानहरूको स्थलगत निरीक्षण गर्नुभएको छ। सोनलले विशेषगरी फेटा गाउँपालिका–१ … Read more

पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा

पकहामैनपुर गाउपालिकाका जनता बाढीको कारण अत्यधिक पीडामा छन्। बाढीले गर्दा धेरै घरहरू डुबानमा परेका छन्, जनधनको क्षति भएको छ, सडक हरु भत्केको छ र मानिसहरूलाई राहतको लागि तत्काल सहायताको आवश्यकता छ। यस्ता संकटको बेला गाउपालिका अध्यक्ष सुरेश मेहता भने गाउपालिका छोडेर सरकारी सवारी साधन लिएर बिरगंजमा मौजमस्तिमा घुमिरहेका छन् यस्ता गैरजिम्मेवार जनप्रतिनिधिका कारण स्थानिय जनतालाई … Read more

बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोप

बाराको भगवती स्टिल कम्पनीमा बोनस सुविधाको विवाद, मजदुरमाथि अन्याय गरेको आरोपस्पर्श खबर, जितपुर (बारा), असोज २१ गते। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित भगवती स्टिल प्रालिमा मजदुर र सञ्चालकबीचको विवाद तीव्र बनेको छ। विवादका कारण कम्पनीले उद्योगको गेटमा नोटिस टाँसी उद्योग बन्द गरेको छ, जसका कारण करिब २२० जना मजदुर अलपत्र परेका छन्। मजदुरहरूले कम्पनीले बोनस … Read more

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार

७१ स्थानीय तहका लेखा अधिकृतको अकुत सम्पत्ति, कर्मचारीबाटै डरलाग्दो भ्रष्टाचार! देशभरका ७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको सूचिमा परेका छन्। प्रारम्भिक अध्ययनले देखाएको छ कि उनीहरूले जागिर खाएको करिब एक दशकमै प्रतिव्यक्ति ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। विज्ञहरूका अनुसार देशमा हुने ठूला भ्रष्टाचारमा नेता मात्र दोषी छैनन्, कर्मचारीहरूको मिलेमतो र ‘सेटिङ’ प्रणालीले … Read more

विकासका लागि युवाहरुलाई तालिम

विकासका लागि युवाहरुलाई तालिमस्पर्श खबर, जितपुर (बारा), असोज २० गते। जितपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको हिन्दू स्वयंसेवक सङ्घ नगर कमिटीले युवाहरूको सर्वांगीण विकासका लागि सात दिने विशेष तालिम सञ्चालन गरेको छ। आजदेखि सुरु भएको उक्त तालिममा बारा र पर्सा जिल्लाका करिब ७५ जना युवाहरू सहभागी रहेका छन्। तालिमको उद्देश्य युवाहरूको बौद्धिक, शारीरिक र सामाजिक विकास गर्नका … Read more

नेपाली क्रिकेट टिमले खेलमा पनि सहज जित

विश्वकप छनोटमा लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो वार्मअप खेलमा पनि सहज जित निकालेको छ। कतारविरुद्धको सोमबारको खेलमा नेपाल १६ रनले विजयी भएको हो। टस जितेर पहिला ब्याटीङ गरेको नेपालले १७० रन बनाएको थियो।  जवाफी ब्याटीङमा कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।  पहिलो वार्मअपमा नेपालले ओमानलाई हराएको थियो।  छनोट खेल ८ … Read more

प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका स्वीकृत

असोज २०, काठमाडौ ।— आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका सबै चरणलाई समयबद्ध रूपमा सम्पन्न गर्न विस्तृत कार्यतालिका अनुमोदन गरिएको जानकारी दिएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचन प्रयोजनका … Read more

माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई घोषित मितिमै आमनिर्वाचन गर्न आग्रह

स्पर्श खबर जितपुर बारा असोज २० गते नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई घोषित मितिमै आमनिर्वाचन गर्न आग्रह गरेका छन्। सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन ढिला गर्न नहुने स्पष्ट सन्देश दिएका हुन्। प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ, त्यसका लागि सक्रियताका साथ हामी तयारीमा छौं। सबै … Read more