स्थानीय शिक्षक बिपुल सर्फाको सामाजिक सञ्जालमा चर्को टिप्पणी
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते।
स्थानीय शिक्षक बिपुल सराफले पछिल्लो राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,
“जनजी आफ्नै पारामा, नेताहरू आफ्नै पारामा, ढुग्रा प्रशाई आफ्नै पारामा, र बालेन आफ्नै नाशामा, गरिखाने जनता टुलु टुलु हेर्दै गारो छ। बेचारा पुलिसहरू पनि कन्फ्युजनमा छन्, जन्मेको दुई दिन हुन्न पाछैन कि सबैलाई नेतागिरी गर्नु छ।”
उनको यो स्टाटसले स्थानीय स्तरमा पनि चर्चा पाएको छ। धेरैले बिपुल सराफको भनाइलाई वर्तमान सामाजिक अवस्थाको वास्तविक चित्रण भनेका छन्।
सराफले युवा पुस्तालाई यथार्थ बुझ्न र जिम्मेवार नेतृत्वको खोजी गर्न आग्रह गरेको पनि बुझिएको छ।


