सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

oplus_0

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम सार्वजनिक
स्पर्श खबर जितपुर बारा कार्तिक १९ गते:

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन कार्यक्रम आज एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक शलिराम अधिकारीको अध्यक्षतामा बसेको पत्रकार सम्मेलनमा निर्वाचन मिति, उम्मेदवारी दर्ता, नामावली प्रकाशनदेखि मतदान र नतिजा प्रकाशनसम्मको सम्पूर्ण तालिका सार्वजनिक गरिएको हो।

निर्वाचन कार्यक्रमअनुसार २०८२ साल मंसिर ६ गते समितिको निर्वाचन हुने भएको छ। त्यसअघि मंसिर ७ गते मतदाता नामावली प्रकाशन, कार्तिक २० गते उम्मेदवारी दर्ता, कार्तिक २५ गते अन्तिम उम्मेदवार सूची प्रकाशन, र कार्तिक २९ गते मतदान र मतगणना हुने तय गरिएको छ।

पत्रकार सम्मेलनमा निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ। साथै, समितिका सदस्य, उपभोक्ता र सरोकारवाला सबैलाई लोकतान्त्रिक अभ्यासका रूपमा यस निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

कार्यक्रममा स्थानीय सरोकारवाला, समितिका पूर्व पदाधिकारी, सञ्चारकर्मी तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।