हराएका ३६ वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो

स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते: हराएका ३६ वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो विभिन्न समयमा मिति २०८२ श्रावण १ गतेदेखि हालसम्म विभिन्न माध्यमहरूबाट हराएका ३६ वटा मोबाइल फोनहरू खोजतलास गरी फेला पारिएका छन्। फेला परेका ती मोबाइलहरू सम्बन्धित व्यक्तिहरूलाई विधिवत् रूपमा बुझाइएका छन्। सुरक्षा निकायका अनुसार, मोबाइल हराएको उजुरी परेपछि सूचनाको प्रविधि … Read more

आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने

आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते : आम जनता पार्टी (आजपा) जितपुर सिमरा उप-महानगरपालिकाको पदाधिकारी बैठकले यही कार्तिक ३० गते सिमराको ईच्छा होटलमा नगर भेला गर्ने निर्णय गरेको छ। बैठकले उक्त भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहको प्रमुख आतिथ्य रहने जनाएको छ। भेलामा नगर … Read more

जितपुरमा ट्राफिक व्यवस्थापन सुदृढीकरण अभियान

स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते जितपुरमा ट्राफिक व्यवस्थापन सुदृढीकरण अभियान बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ट्राफिक प्रहरी पोस्टद्वारा अहिले जितपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा काम भइरहेको छ।जितपुर ट्राफिक प्रहरी प्रमुख रामभगत यादवको अगुवाइमा ट्राफिक प्रहरी टोलीले मुख्य सडकदेखि बजार क्षेत्रसम्म नियमित रूपमा सवारी साधनको निरीक्षण, लेन प्रणालीको अनुगमन र … Read more

जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते: जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश गरेको छ । नेकपा एमाले पार्टीले जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरमा वडा कमिटीको वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ। कार्यक्रम वडा कमिटीका अध्यक्ष अनिल गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व … Read more

हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा २ रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत रूपमा चयन हुनु भएको छ। पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको संस्थाले जनाएको छ। सहकारी क्षेत्रमा लामो अनुभव तथा योगदान रहँदै आएका पौडेलले संस्थाको पारदर्शिता, सदस्य हित र आर्थिक सबलीकरणलाई प्राथमिकतामा … Read more

मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष कुशवाहा

स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष उमेश कुशवाहा मधेश प्रदेशसभामा आज देखिएको राजनीतिक खेलप्रति जनता निकै निराश भएको बताएका छन्। आजपा मधेश प्रदेश कमिटिका अध्यक्ष उमेश कुशवाहाले भने, “आजको मधेश प्रदेशसभाको खेलले जनतामा आक्रोश र निराशा बढाएको छ। अब ढिलो नगरी मधेश प्रदेशसभा खारेज … Read more

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेश सभामै आफैंलाई मोसो दलेका छन्। सांसद अन्सारीले वर्तमान राजनीतिक प्रणाली र नेताहरूको नैतिक धरातल सकिएको भन्दै कडा शब्दमा आलोचना गर्दै यस्तो कदम उठाएका हुन्। मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेका बेला … Read more

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते। बदलिँदो राजनीतिक परिवेशमा श्रमिकको भूमिका र अधिकार सुदृढीकरणका विषयमा केन्द्रित “श्रमिकसँग संवाद कार्यक्रम” आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा सम्पन्न भएको छ। कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष क. विनोद श्रेष्ठ, सचिव क. हरि कार्की र सदस्य … Read more

सिमराबाट मकवानपुरतर्फ प्रस्थान, नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई

सिमराबाट मकवानपुरतर्फ प्रस्थान – नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते । मकवानपुरमा आयोजना भईरहेको प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा सहभागी हुन जाने क्रममा नव जनजागृति युवा क्लब, सिमराका खेलाडीहरूलाई आज एक समारोहका बीच बिदाई गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई … Read more

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहण

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहणस्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:बारा जिल्ला खेलकुद विकास समिति कार्यालयका नवनियुक्त अध्यक्ष श्री दिलबहादुर लामा ज्युले आज एक विशेष कार्यक्रमबीच बिधिवत रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण समारोहमा जिल्ला स्तरका विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी हरुकाे उपस्थिती रहेको थियो।नेपाल सितोरियो सोबुकान कराते मधेश प्रदेश … Read more