अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता हुँदैछ । विश्वका दुई शक्तिशाली देशका शीर्ष नेताबिचको यो टेलिफोन वार्तालाई निकै चासोका साथ हेरिएको छ । यो वार्ता मुख्यरुपले युक्रेन युद्ध अन्त्य गराउन आवश्यक शान्ति सम्झौताको सेरोफेरोमा केन्द्रित हुने बताइएको छ । आज हुने बहुप्रतिक्षित फोन वार्ताअघि आफ्ना रुसी समकक्षी … Read more

माध्यमिक शिक्षा परिक्षा (एसईई )मा प्रवेश पत्र बाहेकका

स्पर्श खबर जितपुर बारा चैत ५ गते :माध्यमिक शिक्षा परिक्षा (एसईई )मा प्रवेश पत्र बाहेकका सबै समाग्री निषेध गरेको छ । शिक्षा बिकास तथा समन्वय ईकाई बाराले परिक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पुर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ । … Read more

होलीमा नियम उल्लंघन गरेको भन्दै ८२ भन्दा बढी मोटरसाइकल बारा प्रहरीको नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा चैत १ गते । बारा प्रहरीले होलीमा नियम उल्लंघन गरेको भन्दै ८२ भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानबाट ८२ भन्दा बढी मोटरसाइकल प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो । होलीमा एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी चढेको,हेलमेट नलगाई मोटरसाइकल चलाएको,अत्याधिक गतिमा मोटरसाइकल कुदाएको,मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी … Read more

नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन

नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने … Read more

एसइईमा विद्यार्थीले चिट चोरे ड्युटीमा खटिने शिक्षक कारबाहीमा पर्ने

एसइईमा विद्यार्थीले चिट चोरे ड्युटीमा खटिने शिक्षक कारबाहीमा पर्नेस्पर्श खबर जितपुर बारा चैत १ गते:आगामी ७ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेश प्रदेश सरकारले कडा निगरानी गर्ने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विगतमा चिट चोरी गर्ने विद्यार्थीलाई कारबाही हुँदै आएकोमा यसपटकदेखि कक्षाकोठामा चिट, फ्लेप्स, मोबाइललगायत सामग्री फेला परे ड्युटीमा खटिने शिक्षक … Read more

जितपुर सहित तराईका जिल्लामा आज धुमधामका साथ होली मनाइँदै

जितपुर सहित तराईका जिल्लामा आज धुमधामका साथ होली मनाइँदै स्पर्श खबर जितपुर बारा चैत १ गते ।रंगहरूको पर्व फागु पूर्णिमा (होली) बारा जिल्लाकाे जितपुरमा लगायत तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ। भौगोलिक संरचना र सांस्कृतिक मान्यताअनुसार फागु पूर्णिमा मनाउने चलन छ। पहाडी जिल्लाहरूमा बिहीबार नै फागु पूर्णिमा मनाइएको थियो, भने मधेस तथा तराईका … Read more

खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ

मनाेज शाह जितपुर बारा चैत १ गते : खसीको मासु भन्दै बाख्राको मासु बेचेको कसुरमा पटकपटक पक्राउ परेको जीतपुरका मासु पसले पुन: पक्राउ मनाेज शाह जितपुर बारा चैत १ गते : बाराका प्रमुख जिल्ला अधिकारीको टोलीले आज होली पर्वका दिन मासु पसलहरुको अनुगमन गर्दा जीतपुरसिमरा उपमहानगरपालिकामा खसीको मासु हो भनेर बाख्राको मासु बेच्ने तीन ओटा … Read more

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा घोषणा गर्ने

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ । पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ । फागुन … Read more

नक्सा सुधार गर्न लिएको ३५ हजार घुससहित मालपोतका खरिदार र लेखन्दास पक्राउ

बिरगंज । नक्सा सुधार गर्न लिएको ३५ हजार घुससहित मालपोतका खरिदार र लेखन्दास पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय,महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो रहेका छन् । दुबै जनालाई जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार … Read more

पुनःस्थापना केन्द्रमा मृत्यु प्रकरण : सञ्चालक धरौटीमा रिहा, ६ जना कारागार चलान

बारा —कलैया उपमहानगरपालिका-१ बैंक रोडमा रहेको नवजन्म पुनःस्थापना केन्द्र (सुधार) मा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र भन्ने प्रदीप्रसाद मण्डलको मृत्यु प्रकरणमा केन्द्रका सञ्चालक धरौटीमा रिहा भएका छन् भने अन्य ६ जना कारागार चलान भएका छन्।जिल्ला अदालत बाराका १ नम्बर इजलासका न्यायाधीश कोमलप्रसाद आचार्यले मंगलबार मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका ७ जनामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार … Read more