जितपुर सामुदायिक स्कुलको भवन नबनेपछि विद्यार्थी अन्योलमा

जितपुर स्कुलको भवन नबनेपछि विद्यार्थी अन्योलमा
मनाेज शाह जितपुर बारा बैशाख २४ गते:
जितपुर स्कुलको भवन नबनेपछि विद्यार्थीहरू अनयोलमा परेका छन्। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन नबनेपछि विद्यार्थी र अभिभावक अन्याेलमा परेका छन् । भवनको ठेक्का लिएका ठेकेदारले जगको लागि खाल्डो खनेर छोडिसकेको महिनौं बितिसकेको अवस्थामा यहाँका विद्यार्थीहरू र अभिभावक हरु चिन्तित बनेको स्थानीय मालति गिरीले बताईन् । भवन छिटो बनेपछि विद्यार्थीहरूको पढाइलेखाइमा सहज पुग्ने प्र.अ. राजु कुमार सिंहले बताए पनि विद्यालय भवन संरचना निर्माण अन्योलमा देखिएको छ। यता ठेकेदारले काम नगरेपछि यहाँका अभिभावकहरुले आन्दोलन गर्ने सहित चेतावनी दिएका छन्। टेन्डरबाट ठेक्का सकार गरेको एन के कन्सट्रक्सन बिरगंजका सञ्चालक देवराज चाैरासिया सँग कुरा गर्दा काम भइरहेको बताए पनि उक्त निर्माणकार्य महिनौँदेखि अलपत्र रहेको जोसुकैले प्रत्यक्ष अवलोकन गर्न सक्छन्। यता स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार गुप्तासँग कुरा गर्दा उहाँले भन्नुभयो हामी छिटोभन्दा छिटो ठेकदारलाई बोलाएर भवनकाे काम छिटो बनाउन पहल गर्नेछौं र भवनको सिघ्र निर्माणकार्य सम्पन्न गराउन सम्बन्धित निकायसंग पनि सहकार्य अगाडि बढाउने जानकारी दिनुभयो।