स्पर्श खबर जितपुर बारा बैशाख २९ गते :
बैशाख महिनाको अन्तिम सातामा गर्मी
केही दिनदेखी बढेको गर्मीले जिल्लाको १६ पालिकाको जनजीवन प्रभावित बनेको हो। गर्मीले जिल्लाको जितपुर, सपमरा,नितनपुर,परवानीपुर,अमलेखगञ्ज , निजगढ ,बकुलिया,राजघाट, कलैया,भवानीपुर,रामपुर,दोहरी,मझौलिया,उत्तरझिटकैया,सखुई,मनहर्वा,जैतापुर, पिलुवा,महेन्द्र नगर लगायतको जनजीवन प्रभावित बनेको छ। गर्मीले जिल्लाको बरियारपुर,गञ्जभवानीपुर,सिम्रौनगढ,कचोर्वा,पटेर्वा,अमृतगञ्ज,खजानी,झवानी,लगायतको जनजीवन प्रभावित बनेको हो।
गर्मीसंगै तातो हावा चल्दा दिउसो तापक्रममा बृद्धि भएको छ। बोट विरुवा सुक्दै गएको छ। जमिन पनि सुक्दै गएको छ। दिउसो मानिसलाई अल्छी लाग्ने तथा निद्रा लाग्ने गरेको स्थानीय श्रीराम साहले बताए । एकप्रकारले उराठलाग्दो दिनचर्या शुरु भएको छ।
गर्मी बढेसंगै जिल्लाको स्थानीय बजारमा चिसो पेय पदार्थको बिक्री वितरण बढेको छ। गर्मी छल्नका लागि मानिसहरु सातु,तरभुजा,काक्रो,दही,लसी,केरा लगायतका चिसो खानेकुरा खान थालेका छन्।
अत्याधिक गर्मीका कारण मानिसहरुमा ज्वरो आउने,आलश्य हुने चक्कर आउने लगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । काम विशेषले घाममा बाहिर निस्कनुपरे छाता आढ्ने,चश्मा लगाउने प्रशस्त मात्रामा पानी खाने जस्ता सावधानी अपनाउन सुझाब दिएका छन ।
अत्याधिक गर्मी बढ्दै जानु र पर्याप्त मात्रमा पानी नपर्दा किसानहरुले लगाएका बाली नालीहरु सुकेर नष्ट हुने अवस्थामा पुगेका छन ।


