एसपी गोविन्द पुरीले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

स्पर्श खबर जितपुर बारा बैशाख २४ गते:

एसपी गोविन्द पुरीले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएर एसपी गोविन्द पुरीले चितवन प्रहरीको जिम्मेवारी सम्हालेका हुन् ।

प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा गर्दै पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ ।

विभिन्न स्थानमा प्रमुखको जिम्मेवारी सम्हालेका पुरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनाललगायत अन्य प्रहरीहरुले स्वागत गरेका थिए ।

कमाण्ड सम्हाल्दै एसपी पुरीले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरे । Sujan Panta