नेपाली सेनाद्वारा बाराकाे सिम्रौनगढस्थित कंकाली मन्दिरको प्रचार



स्पर्श खबर जितपुर २६ गते : नेपाली सेनाले बाराको सिम्रौनगढस्थित रहेको कंकालीमाई मन्दिरको प्रचार गरेको छ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाको आयोजना र महोत्तरीको बर्दिबासमा रहेको श्री मध्यपुर्वी पृतना हेडक्वाटरको सहकार्यमा भइरहेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम अन्तर्गत स्थलगत अनुगमन गरिएको हो। तालिमको चौथो दिन बाराको सिम्रौनगढ नगरपालिका स्थित एतिहाँसिक कंकाली मन्दिरको बिहिवार भ्रमण अनुगमनमा सेनाले प्रचार गरेको हो।

सिम्रौनगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिजयशंकर ठाकुरले टोलीलाई भ्रमणमा सहजीकरण गरेका थिए। ठाकुरले एतिहाँसिक सिम्रौनगढ दरबार रानिवास,कोइलामन,डढेको चामल तलेजु भवानी पलकीयामाई (बाकस),चौधकोसको बाउण्डरी (बाही),देवताल झरौखर पोखरी (५२ विगहा क्षेत्रफलमा अवस्थित),इसरा कंकाली पोखरी (१२ विगहा क्षेत्रफल) लगायत अन्य साना ठूला गरी १०० औ वटा पोखरीहरु तथा ५२ गण्डा इनारहरु रहेको उनले टोलिलाई बताए।

सिम्रौनगढ तिरुहत राज्यको राजधानीको रुपमा रहेको थियो। जहाँ कर्णाट बंशी नान्यदेव यहाँका प्रथम राजाले सन १०९७ मा यस राज्यको स्थापना गरेका थिए। यस राज्यले मिथिला क्षेत्र लगायत विहारका केहि भूभागमा समेत राज्य गरेको थियो। सिमर को अर्थ सिमलको जगल तथा गढको अर्थको किल्ला मिलेर सिम्रौनगढ नामाकरण भएको, गोपाल वंशावलीमा उल्लेख भएको पाइन्छ उनले जानकारी दिएका हुन्।

सन १३२३ मा तुगलक फौजले यो राज्य जितेको र आधुनिक समयमा सन १८१६को सुगौली सन्धीवाट सिमाना कायम हुन गएको थियो। त्यस पछि हरसिंह देव अहमद खाँ जस्ता राजाहरु शाषण चलायका थिए। एक दिन अवधका सूर्यवंसी राजा रामसिंहका छोरा हरसिंहलाई तुलजा भवानीले आफूलाई साथ लिई पहाड तिर लाग्ने भनेर भादगाउमा आई पुगे र स्थानिय राजा हरसिंहलाई राजगदी छाडि दिए। तत् पश्चात विभिन्न इतिहास विदहरुले विभिन्न आक्रमण बारे चर्चा गरे पनि पुष्टि भने भएको प्रमाण छैन। तर यहाँका विभिन्न भग्नावशेषले विभिन्न लडाई र त्यसमा प्रयोग हुने इटाको गोला अहिले सम्म प्रमाण भेटिन्छ ।

हाल सिम्रौनगढ नगरपालिका भित्र विभिन्न भग्नावशेष,मूर्तिहरु तथा अन्य वस्तुहरु भेटिन्छन। कंकाली मठ वरिपरि विभिन्न मूर्तिहरु जस्तै सूर्य हर गौरी विष्णु भैरव राम बाबाको समाधि, हरिहर पुर गाउको विष्णुको मूर्ति इत्यादी हुन। ककाली मठको करिव १ किलोमिटर पश्चिप पट्टि महाराजगन्ज रानिवास जहाँ जंगबहादुरका माहिला छोरा जीतजंग राणाले आफ्नो पिताको स्मरणमा संवत १९३५ मा निर्माण गरेका एउटा ठूलो भव्य रामजानकी मंदिर छ।

सो ऐतिहासिक स्थलमा पर्ने कंकाली माई मंदिर,रानीवास दरवार,पलकिया माई,डढेको चामल,कोइलामन,देवताल पोखरी ५२ विगाहा क्षेत्रफलमा वरिषत,इसरा कंकाली पोखरी (१२ विगाहा क्षेत्रफल र हतियारको रुपमा प्रयोग हुने गोलो इटाको बारेमा प्रस्तुतिकरण स्वास्थ्य शाखाका प्रमुख ठाकुरले दिएका थिए ।

त्यस्तै ऐतिहासिक स्थलहरुको तिनै तहको सरकारवाट प्रवद्र्धनात्मक तथा संरक्षात्मक कार्यक्रमहरु रानीबासमा गेट,पार्क,कम्पाउण्ड वाल निर्माण खुला व्यायामशाला केन्द्र लगायत सौन्दर्यीकरण,देवताल पोखरीमा पनि सौन्दर्यीकरण,पलकियामाई स्थलको संरक्षण तथा सौन्दर्याकरण,सडक ढलान र नाला निर्माण कार्य भईरहेको समेत उनले बताए ।

सिम्रौनगढको प्रसिद्ध मूर्ति एवं स्थापत्य कला,कृषि,आभूषण,धर्म संस्कृत,मुद्रा,जलबायु स्वास्थ्यकर भए पनि दक्षिण तराई रहेकोले उष्ण हावापानीको प्रभाव देखिएको उनले बताए ।

त्यसैगरी बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा निर्माण गरिएको नेपाल–अङ्ग्रेज युद्धको प्रतीक स्वरुपको पार्कको समेत अवलोकन भ्रमण गरिएको थियो।

सो भ्रमणको सहजीकरण सिम्रौनगढ नगरपालिका र श्री रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्रीले गर्नु भएको थियो ।

उक्त भ्रमण तथा अनुगमनमा मध्यपुर्वी पृतना बर्दिबास अन्तर्गत पर्ने ११ जिल्लाका २७ जना संचारकर्मीहरु,प्रमुख सेनानी अशोक खड्का,जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी सबिन विक्रम कुवर लगायत स्थानीय सञ्चारकर्मीको सहभागिता रहेको छ ।