बाराको सेजमा भारतीय नागरिकको नजर, ओमकार गिट्सपछि उद्योग क्षेत्रमा नयाँ चर्चा

बाराको सेजमा भारतीय नागरिकको नजर, ओमकार गिट्सपछि उद्योग क्षेत्रमा नयाँ चर्चास्पर्श खबर जितपुर बारा भदौ २९ गते: जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय नागरिकको नजर परेको छ। नेपाली बजारमा गुणस्तरीय उत्पादन भित्र्याउने उद्देश्यसहित उद्योग सञ्चालनमा आएपछि सेजमा उद्योग क्षेत्रको चर्चा चुलिएको हो। सेजमा ओमकार गिट्स प्रालि सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन जीतपुरसिमरा … Read more

सेनामा जर्नेल अनुपजंग थापाको शक्ति बढ्यो, पाए दोहोरो जिम्मेवारी

सेनामा जर्नेल अनुपजंग थापाको शक्ति बढ्यो, पाए दोहोरो जिम्मेवारीकाठमाडौं भदौ २९ गते। नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। उनी यसअघि नै शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत छन्।थापालाई दुई महत्वपूर्ण महानिर्देशनालयको जिम्मेवारी दिइनुलाई नेपाली सेनाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। सैनिक वृत्तमा यो निर्णयलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर चर्चा … Read more

एटलेटिकोको अन्तिम ६ मिनेटको तुफान, रियल सोसिडाड ३–० ले पराजित

म्याड्रिड । स्पेनी ला लिगामा एटलेटिको म्याड्रिडले खेलको अन्त्यतिर तीन गोल गर्दै रियल सोसिडाडलाई ३–० ले हराएको छ।बराबरीतर्फ अघि बढिरहेको खेलमा एटलेटिकोले ८४ मिनेटपछि लगातार तीन गोल गरेको हो। एलेक्स ग्रिमाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि जोनाथन डेविड र गुलियानो सिमोनीले एक–एक गोल थप्दै एटलेटिकोलाई शानदार जित दिलाए।जितसँगै एटलेटिकोको पाँच खेलबाट १० अंक पुगेको छ। … Read more

कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!

कांग्रेस महाधिवेशनमा महामन्त्री पौडेलको कडा आह्वान : असहमति थन्क्याउँदै महाउत्सवमा जुट्नुस्!काठमाडौं भदौ २९ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेका छन्।आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको महत्वपूर्ण अवसर भन्दै पौडेलले … Read more

जितपुरमा गणेश भगवानको भव्य मेला, दुई क्विन्टल ८० किलोको लड्डु मुख्य आकर्षण

स्पर्श खबर जितपुर बारा भदौ २८ गते: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित धर्मशाला अगाडि गणेश भगवानको भव्य मेला लाग्ने भएको छ। पूजा समितिका अध्यक्ष श्रीराम शाहले पत्रकार सम्मेलनमार्फत मेलाको तयारी तीव्र पारिएको जानकारी दिएका छन्। १९ वर्षदेखि निरन्तर लाग्दै आएको गणेश भगवानको मेला यस वर्ष पनि भव्यताका साथ आयोजना गरिने अध्यक्ष शाहले बताए।गणेश भगवानको पूजा … Read more

एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय

एमाले जितपुरसिमरामा जागरणको हुंकार : असोजभित्रै सबै वडा अधिवेशन सम्पन्न गर्ने निर्णयस्पर्श खबर जितपुर बारा भदौ २७ गते: नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जीतपुरसिमरा उपमहानगर कमिटीको बैठक शनिबार सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न भएको छ। नगर अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अच्युत मैनालीले संगठन सुदृढीकरण, पार्टी … Read more

बाढीपीडितको घाउमा जितपुरका मुस्लिम समुदायको मलम, ८० हजार ५५ रुपैयाँ सहयोग

बाढीपीडितको घाउमा जितपुरका मुस्लिम समुदायको मलम, ८० हजार ५५ रुपैयाँ सहयोगमनाेज शाह जितपुर बारा भदौ २७ गते: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जामे मस्जिद मर्कज जीतपुर र मदरसा इस्लामिया जीतपुरका मुस्लिम समुदायले बाढीपीडितका लागि ८० हजार ५५ रुपैयाँ संकलन गरी सहयोग गरेका छन्। मदरसा इस्लामियाका अध्यक्ष अयुब खानले विपद्को घडीमा नेपाली एक भएर पीडितको साथमा … Read more

बाराका सवारीधनीको समस्या समाधान गर्न एमाले नेता पौडेलको पहल

बाराका सवारीधनीको समस्या समाधान गर्न एमाले नेता पौडेलको पहल मनाेज शाह जितपुर बारा भदौ २६ गते:अमलेखगञ्जदेखि चपुरसम्मका सवारीधनीलाई अब वीरगञ्ज–हेटौंडा धाउनुपर्ने बाध्यता हटाउन मागअमलेखगञ्ज, पथलैया, सिमरा, जीतपुर, निजगढ, चपुर, डुमरवाना लगायतका क्षेत्रमा ठूलो संख्यामा रहेका मोटरसाइकल, कार, ट्रक, ट्यांकर, सुमोलगायत सवारी साधनको नवीकरणका लागि वीरगञ्ज वा हेटौंडा धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग गरिएको छ।पथलैयामा पटके … Read more

पर्सौनीमा विद्युत् लापरबाहीको चरम सीमा : करेन्ट लागेर भैंसी मर्‍यो, भोलि मान्छे मर्ने जोखिम!

पर्सौनीमा विद्युत् लापरबाहीको चरम सीमा : करेन्ट लागेर भैंसी मर्‍यो, भोलि मान्छे मर्ने जोखिम!स्पर्श खबर जितपुर बारा भदौ २६ गते: पर्सौनी गण्डकस्थित इलाका प्रहरी कार्यालय अगाडि रहेको फलामे विद्युत् पोलमा करेन्ट प्रवाह हुँदा स्थानीयको भैंसी करेन्ट लागेर मरेको छ। स्थानीय महिला पार्वती देवीका अनुसार करेन्ट लागेर करिब डेढ लाख रुपैयाँमा किनेको भैंसी मरेपछि आफू ठूलो … Read more

तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटे

तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : पक्राउ परेका १० जना अदालतबाट छुटेस्पर्श खबर जितपुर बारा भदौ २६ गते: जीतपुरसिमरा–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका १० जना बारा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन्। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई … Read more