एमाले जीतपुरसिमरा–८ को अध्यक्षमा रामेश्वर महतो चयन, २१ सदस्यीय कमिटी गठनअधिवेशनबाट नेतृत्व चयन, निर्वाचनअघि एकजुट हुन एमाले नेताहरूको जोड

एमाले जीतपुरसिमरा–८ को अध्यक्षमा रामेश्वर महतो चयन, २१ सदस्यीय कमिटी गठन
अधिवेशनबाट नेतृत्व चयन, निर्वाचनअघि एकजुट हुन एमाले नेताहरूको जोड
मनाेज शाह जितपुर बारा असाेज २४ गते:

नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ कमिटीको तेस्रो अधिवेशनले रामेश्वर महतोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ।
एमाले केन्द्रीय सल्लाहकार सदस्य सरस्वती चौधरीको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।


अधिवेशनमा बोल्दै केन्द्रीय सल्लाहकार सदस्य चौधरीले एमाले जनताको बीचमा रहेर काम गर्ने पार्टी भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरिन्।
त्यस्तै, मधेस प्रदेश कमिटीका सचिव पौडेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच एकता आवश्यक रहेको बताए। सबै एकजुट भएर परिचालित नभए निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उनको भनाइ थियो।


कार्यक्रममा जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक साह ठकुरी र वडा नं. ८ का वडाध्यक्ष शिवशंकर कुशवाहालगायतको उपस्थिति रहेको थियो।
पुण्यदेव रायभरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन छोटेलाल चौधरीले गरेका थिए।