सरकारको कर आतंक विरुद्ध आम जनता पार्टीको भोली माघ १९ गते पोखरामा हुने प्रदर्शनकाे तयारी

स्पर्श खबर जितपुर बारा माघ १८ गते: सरकारको कर आतंक विरुद्ध आम जनता पार्टीको भोली माघ १९ गते पोखरामा हुने बिशेष प्रदर्शन सहित बृहत् भेलाको तयारी पुरा भएकोछ । आजपा अध्यक्ष मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा हुने यस भेलामा व्यापक सहभागिता रहनेछ ।

आम विद्यार्थी मोर्चाको कटहरियामा छात्राहरूको कमिटी गठन,शिक्षकको लागी संघर्षगर्ने प्रतिबद्धता

मनाेज शाह जितपुर बारा माघ १६ गते: राैतहट जिल्लाकाे कटहरियामा आम बिधार्थी मोर्चा निसा पासवानक‍ो अध्यक्षतामा ५१ सदस्य छात्राहरूको नगर कमिटी गठन गरेकोछ । आजपा जिल्ला अध्यक्ष नरेश तुरहाको बिशेष पहल तथा पार्टी उपाध्यक्ष एवं पुर्वसांसद मा. समीना हुसैनको बिशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागी जारी आन्दोलनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त … Read more

मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै

समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै १५ माघ, काठमाडौँ । समाजवादी मोर्चाले मंगलबार बृहत् अन्तरक्रिया गर्ने भएको छ। ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक अन्तरक्रिया प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत … Read more

नेपाली कांग्रेसको तराई मधेश समन्वय विभाग सदस्यमा जितपुरका कृष्णब्रत सिंह मनोनीत

नेपाली कांग्रेसको तराई मधेश समन्वय विभाग सदस्यमा जितपुरका कृष्णब्रत सिंह मनोनीत मनोज  जितपुर १२ माघ १५ नेपाली कांग्रेस पार्टीको तराई मधेश समन्वय विभाग सदस्यमा बाराका कृष्णव्रत सिह सहित १० जनालाई मनाेनित गरिएको छ। सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०७० संशोधनसहितको धारा २५ न बमोजिम सोमबार विभागको प्रमुख किरण यादवको नेतृत्वमा १० जनालाई सदस्यमा मनोनित  गर्नुभएको … Read more

सरकारका कामको समर्थन गर्दै अघि बढ्ने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं १४ माघ :सत्तारुढ दलहरुले संसदका काम कारबाही तथा सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिएर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निस्केको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसदको काम कारबाहीमा सत्तारुढ दलहरु … Read more

कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताएका हुन् । उनले भने, ‘अब नेपालमा … Read more

नेपाली कांग्रेसको  अभियान अन्तर्गत बारा क्षेत्रमा ४ को क्षेत्रीय  बैठक सम्पन्न

नेपाली कांग्रेसको  अभियान अन्तर्गत बारा क्षेत्रमा ४ को क्षेत्रीय  बैठक सम्पन्न मनुषा जितपुर बारा माघ १२ गते। नेपाली कांग्रेसको १०० दिने  अभियान अन्तर्गत बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ। बाराको पर्सौनी गाउँपालिका वडा नं २ स्थित बजारमा बारा क्षेत्र नम्बर ४ को कार्य समितिको आयोजनामा शनिबार सो बैठक सम्पन्न भएको … Read more

आईटी आर्मीको चितवन जिल्ला भेला भरतपुरमा सम्पन्न

स्पर्श खबर जितपुर बारा माघ १२ गते: आईटीआर्मीकोचितवनजिल्लाभेलाभरतपुरमासम्पन्न आम जनता पार्टी निकट आईटी आर्मीको चितवन जिल्ला भेला आज आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भरतपुरको चेतना भिलेज रिसोर्टमा भब्यताका सम्पन्न भएकोछ । सरकारको अनावश्यक कर आतंकको भण्डाफोर गर्न तथा भ्रष्टाचार बिरुद्धको संघर्षलाई अगाड़ी बढ़ाउने संकल्प सहित भेला सम्पन्न भएको छ।

कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने

कांग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने काठमाडौ : नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ। कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने जनाएको छ। … Read more

एमाले महासचिव पोखरेलले आइतबार सम्बोधन गर्ने

नेकपा एमाले मधेस प्रदेश कमिटिले आइतबार देखि वडा केन्द्रीत ३ महिने अभियान सुरुगर्ने भएको छ । अभियानको उदघाटन नेकपा एमालेका महासचीव शंकर पोखरेलले बर्दिवासमा गर्नुहुने छ । वडामा खटिने उत्प्रेरकका लागि आइतबार भोलि बर्दिवासमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।कार्यक्रममा एमाले केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य,केन्द्रीय निकायका … Read more