प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं,जेठ २८- सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा … Read more

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं, जेठ २६– राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दु राष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका … Read more

एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन

काठमाडौँ, जेठ २३— बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो । … Read more

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी भनेकै १५ वटा राँगा होः ओली

काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । … Read more

नागरिकता विधेयकको देशभर विरोध गर्छाैँ : एमाले

काठ​माडौं, जेठ २०– नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ। शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ। पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण … Read more