जीतपुरका समाजसेवी रन्धीर गुप्ताद्वारा ‘सहयोगी हात नेपाल’ लाई टि शर्ट हस्तान्तरण

जीतपुरका समाजसेवी रन्धीर गुप्ताद्वारा ‘सहयोगी हात नेपाल’ लाई टि शर्ट हस्तान्तरण

 

मनोज  शाह, जीतपुर बारा, चैत्र १७ गते

 

सामाजिक रुपान्तरणका लागि भविष्यमा समाजसेवातर्फ थप अग्रसर भई लाग्न र सामाजिक कार्यहरुमा योगदान दिन थप हौसला र उत्प्रेरणा प्रदान गर्ने हेतुले आज जीतपुरका समाजसेवी रन्धीर गुप्ताले एक सामाजिक संस्थालाई टि शर्ट प्रदान गरी सहयोग गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ मा रहेको सहयोगी हात नेपाल, जीतपुर नामक सामाजिक संस्थालाई जीतपुरकै स्थानीय समाजसेवी रन्धीर गुप्ताले आफ्नो पिता स्वर्गीय चन्द्रदेव प्रसाद साह कलवार को स्मृतिमा १२ ओटा टि शर्ट सहयोग गरेका हुन् । सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष देवानन्द साहलाई टि शर्ट हस्तान्तरण गरे पश्चात आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कुरा समाजसेवी रन्धीर गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

अरुलाई सहयोग गर्दा त्यो सहयोग कुनै न कुनै रुपमा आफूनेर पुन: फर्किने कुरा उल्लेख गर्दै अरुलाई सहयोग गर्न सदैव तत्पर रहनुपर्ने कुरामा सहयोगी हात नेपाल, जीतपुरका अध्यक्षले जोड दिनुभयो ।  धन धेरैसंग भएपनि   उदार मन सबैसँग नभएको दुखेसो पोख्दै सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष साहले  आफ्नो संस्थालाई सहयोग उपलब्ध गराउने समाजसेवी रन्धीर गुप्तालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै उहाँको सम्पूर्ण घरपरिवारको सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । वर्तमान समाजमा नि:स्वार्थ रुपमा सहयोग गर्ने उदार हृदयका मानिसहरुको निकै खाँचो रहेको हुँदा रन्धीर गुप्ताज्यू जस्तै उदाहरणीय बनेर सहयोग गर्न अघि बढ्नुपर्ने कुरा सहयोगी हात नेपाल, जीतपुरका अध्यक्ष साहले स्पर्श खबरलाई बताउनुभयो ।

चितवनका डी.एस्.पी. डा. हेम के.सी. को भव्य स्वागत

चितवनका डी.एस्.पी. डा. हेम के.सी. को भव्य स्वागत

मनोज  शाह, जीतपुर बारा, चैत्र १६ गते

 

आज एक कार्यक्रमका बीच चितवन रत्ननगर ईलाका प्रहरी कार्यालयका डी.एस्.पी. डा. हेम के.सी. को सफल कार्यकालको लागि शुभकामनासहित भव्य स्वागत गरिएको छ । चितवन मोबाइल व्यावसायिक संघ पूर्वी चितवनका सदस्यहरुद्वारा चितवन रत्ननगर ईलाका प्रहरी कार्यालयका डी.एस्.पी. डा. हेम के.सी. को सफल कार्यकालको लागि शुभकामनासहित भव्य स्वागत गरिएको हो ।

 

हाम्रो प्रहरी राम्रो प्रहरी, प्रहरी हाम्रो साथी भन्ने नाराका साथ चितवन मोबाइल व्यावसायिक संघ पूर्वी चितवनका अध्यक्ष रत्न भट्टले डी.एस्.पी. डा. हेम के.सी. लाई खादा ओढाई मायाको चिनो प्रदान गर्दै स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए । यसै मौकामा यहाँका जनतालाई सुशासनसहितको कानुनी रज्यको आभाष दिलाई रत्ननगरलाई अनमोल रत्नमा परिवर्तन गर्न अध्यक्ष भट्टले डी.एस्.पी. डा. हेम के.सी.समक्ष अनुरोध गरेका छन् ।

बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ

बारामा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्रीको भव्य स्वागत तथा सम्मान : मधेसको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको शिक्षा मन्त्रीको भनाइ

रन्जित कुमार चाैधरी , जीतपुर बारा, चैत्र १५ गते

 

गत निर्वाचनमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारको रुपमा लोकप्रिय मत ल्याएर जनताहरुको मन जित्दै निर्वाचित भएका स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जयसवालज्यूले गत शनिबार नेकपा एमालेको तर्फबाट मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको पदभार ग्रहण गरेलगत्तै सफल कार्यकालको शुभकामना तथा बधाई दिनेहरुको ओइरो लागेको छ ।

 

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ ग्रहण गरेपछि माननीय प्रमोद कुमार जयसवालज्यू आफ्नो क्षेत्रका जनताहरुसँंग भेटघाट गर्न पर्सा जिल्लामा व्यस्त रहँदा बारा जिल्लाको जीतपुरमा पनि आज एक कार्यक्रमका बीच उहाँको भव्य स्वागत एवम् सम्मान गरिएको छ । नेपाल सितोरियो कराते जीतपुरले आयोजना गरेको कार्यक्रममा नेपाल सितोरियो कराते शाखा जीतपुरका प्रशिक्षक मनोज कुमार शाहले मायाको चिनो प्रदान गरी माननीय मन्त्रीज्यूको स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।

 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ मा नेपाल सितोरियो कराते शाखा जीतपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्रीज्यूले मधेस प्रदेशको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यको निर्माण यहाँका सामुदायिक विद्यालयबाट पनि सम्भव छ भन्ने कुरामा जोड दिँदै आफूले पाएको जिम्मेवारीलाई इमानदारीताका साथ पूरा गर्दै समग्र मधेस प्रदेशको शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि नयाँ भिजनका साथ अगाडि बढ्ने कुरा मन्त्रीज्यूले बताउनुभयो । सामुदायिक विद्यालयमा गरिएको लगानीको सही सदुपयोग गरी प्रत्येक बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि आफूले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आश्वासन उहाँले व्यक्त गर्नुभयो ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ मा नेपाल सितोरियो कराते शाखा जीतपुरले आयोजना गरेको कार्यक्रममा कलवार कल्याण समितिका अध्यक्ष कन्हैया गुप्ता, जीतपुर युवा क्लबका अध्यक्ष भुनेश पासवान, ठेला संघका अध्यक्ष महेन्द्र पासवान , सहयाेगी हात नेपालका अध्यक्ष देवानन्द साह, सन राइज युवा क्लबका अध्यक्ष वन्दना चाैधरी, व्यापारी पप्पु साह, सुरेस साह, महिला नेतृ दिपु पासवान, ट्राफिक प्रहरी जीतपुरका प्रमुख बब्लु ठाकुर  लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, खेलाडीहरुको समेत उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजीकरण पत्रकार एस्एस पटेलले गर्नुभएको थियो ।

बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै

बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै

मनोज शाह, जीतपुर बारा, चैत्र १५ गते

बारामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चाडबाडको बेलामा मानिसहरुले ट्राफिक नियमको अवहेलना गरी दुर्घटना निम्त्याउने गरेकोले बारा जिल्लाभरि नै ट्राफिक प्रहरीले कडाइ गरेको हो । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा ट्राफिक प्रहरीले ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गरी दिनहुँजसो त्यहाँका सर्वसाधारणहरुलाई चेतनशील बनाउँदै छन् ।

 

खासमा सिम्रौनगढ नगरपालिकालगायत वरिपरिका मानिसहरुले हेलमेट नलगाउने, उच्च गतिमा मोटरसाइकल चलाउने, एउटै मोटरसाइकलमा दुईजनाभन्दा बढी मानिसहरु चढ्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता समस्याहरु देखापरेकोले गर्दा अन्य समयमा भन्दा हिजोआज ट्राफिक प्रहरीद्वारा पूर्ण निगरानीका साथ कडाइ गरिएको ट्राफिक प्रहरी अस्थायी पाेष्ट सिम्रौनगढका प्रमुख रामप्रित चाैधरीले स्पर्श खबरलाई जानकारी दिनुभयो । नियमविपरीत सवारी साधन चलाइएको भेटिँदा आवश्यक नसिहतसहित जरिवाना तिर्न लगाउँदा सवारी चालकले उल्टै ट्राफिक प्रहरीलाई नै धम्की दिने गरेको त्यहाँका ट्राफिक प्रहरीहरुले बताउँछन् ।

 

जबसम्म यहाँका जनताहरुले आफैंले आफैंलाई सुधारतर्फ उन्मुख गर्दैनन् , तबसम्म केही पनि सकारात्मक परिवर्तन नहुने सिम्रौनगढ नगरपालिकाका एक स्थानीय युवा श्याम कुश्वाहाले स्पर्श खबरलाई जानकारी दिएका छन् । ट्राफिक प्रहरीको यो कदमले मानिसहरुको व्यवहारमा सकारात्मक परिवर्तन देखा परिरहेको स्थानीय युवा श्याम कुश्वाहाले स्पर्श खबरलाई बताए ।

 

 

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य

 

मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते

 

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीको अथक मिहिनेत तथा निगरानीका फलस्वरूप आज होली पर्वको दिन जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभरि अवस्था सामान्य एवम् शान्तिपूर्ण रहयो । हिन्दुहरुको महान पर्व होलीमा कहीँकतै कुनै प्रकारको अप्रिय घटना हुन नदिन जीतपुरसिमरा उपमहानगरपालिकाभरि ठाउँ ठाउँमा प्रहरी प्रशासन खटिएका थिए ।

 

होली पर्वमा केही उच्छृङ्खल प्रवृत्तिका मानिसहरुले जाँडरक्सी खाएर होहल्ला गर्ने, लडाइँ झगडा गर्ने र सामाजिक सद्भावलाई खल्बल्याउने सम्भावना हुने भएकाले यस्तो चुनौतीपूर्ण समयमा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहने हुँदा सतर्कतापूर्वक शान्तिसुरक्षामा कडाई गरिएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्स्पेक्टर रविभूषण यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

आज जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरलगायत यस नगरभरि नै दिनभरि कहीँकतै कुनै अप्रिय घटना नघटेको र अवस्था शान्तिपूर्ण तथा सामान्य रहेको कुरा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीको अथक मिहिनेत तथा निगरानीका फलस्वरूप यसपटकको होली पर्व राम्रोसँग शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जीतपुर युवा क्लबका अध्यक्ष भुनेस पासवानले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास

मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते

 

मधेस प्रदेशस्थित रहेको नं. २ छिन्नमस्ता वाहिनी अन्तर्गतको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा, अन्य सुरक्षा निकाय, स्थानीय नागरिकको संयुक्त टोलीले पर्साको ठोरी -१ भगवाननगरबाट सीमा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाहरुको समस्या एवम् गुनासाहरुको सम्बोधन गर्न तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा थप प्रभावकारिता ल्याउन अन्य सुरक्षा निकायलगायत स्थानीय नागरिक तथा सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत लक्षित क्षेत्रहरूमा नियमित रुपमा हप्ताको सातै दिन २४ सै घन्टा पैदल गस्ती सुरु गरेको छ ।

 

 

सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको भूमिकालाई अझै परिष्कृत, प्रभावकारी एवम् नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सिमाना क्षेत्रका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यस “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमले टेवा पुर्‍याउने विश्वास लिइएको छ । पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको अगुवाइमा सुरु भएको उक्त सीमा गस्तीमा मधेस प्रदेशका ८ ओटै जिल्लासंँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रमा निरन्तररुपमा संयुक्त सीमा पैदल गस्ती गर्नेछ ।

 

पर्साको ठोरी -१ भगवाननगरबाट सुरु भएको पैदल गस्तीमा भारतीय समकक्षी SSB 44 BN का प्रतिनिधि, ठोरीस्थित सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीय संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो । गस्तीको क्रममा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गर्दै सीमा सुरक्षाको महत्त्वको बारेमा नागरिकहरुमा प्रकाश पार्नुका साथै सीमा अपराध नियन्त्रणको सन्दर्भमा समेत स्पष्ट पारेका थिए । सीमाका बासिन्दाहरु नै वास्तविकरुपमा सीमा रक्षक भएकोले मधेस प्रदेशका सीमावर्ती क्षेत्रका बासिन्दाहरुको गुनासो सम्बोधन गर्न आफूहरु सधैं तत्पर एवम् सकारात्मक रहेको कुरा कर्माचार्यले बताउनुभयो । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताहरुसंँग सहकार्य गर्दै सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अवैध गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउन दिनरात तयार रहने जनाएको छ ।

 

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मनोज शाह, जीतपुर बारा, चैत्र ११ गते

 

हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरसिमरा उमनपा नगर कार्य समिति एवम् समस्त संघ परिवारले आज होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आज आइतबार बिहान १० बजेदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरको शान्तिटोलमा अवस्थित खेलमैदानमा प्रारम्भ भएको उक्त कार्यक्रममा स्थानीय युवा, बालबालिका, बुद्धिजीवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले विभिन्न प्रकारका मनोरञ्जनात्मक क्रियाकलापहरु गरी अन्त्यमा रङ्ग, अबीर लगाउँदै सभ्यताका साथ हिन्दुहरुको महान् पर्व होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्नध

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्न

मनाेज शाह जितपुर बारा चैत ९ गते:

नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको आयोजनामा शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुले प्रसौनीमा शुभकामना आदनप्रदान समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी वक्ताले सद्भावको रुपमा मनाईने होली पर्वको सांस्कृतिक एवम् सामाजिक महत्वका विषयमा चर्चा गरेका थिए । रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा वक्ताले जोड दिएका थिए । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले एक अर्कालाई अबिर लगाएर शुभकामना आदनप्रदान समेत गरेका थिए ।

अनेरास्ववियु केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज अन्जना सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एकवाल मियाँ, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष आरपी अधिकारी, केन्द्रीय सदस्य , केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज लक्ष्मी तिमिल्सिना, विद्यार्थी नेता यासिर अर्फादलगायतको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष शंकर यादवले गरेका थिए । कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका नेताकार्यकर्ताले सहभागिता जनाएका थिए ।

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

भ्रष्ट नेता एवम् लुटकारी व्यवस्थाको विरुद्धमा विशाल जनप्रदर्शन गरिने : आजपाद्वारा तयारी तीव्र

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ८ गते

 

आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेला आज शान्तिनगरस्थित Corinder Garden मा भव्यरुपमा सम्पन्न भएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य तथा रमाशंकर साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले आजपाद्वारा आगामी चैत्र २४ गतेका दिन राजधानी काठमाडौंमा गरिने जनप्रदर्शनलाई भव्यताका साथ सफल पार्ने प्रतिबद्धता जाहेर गरेको छ । सोही भेलाले काठमाडौंमा गर्न लागिएको जनप्रदर्शनमा विशाल जनसहभागिता गराउने उद्घोष गरेको छ ।

 

भ्रष्टाचार तथा लुटतन्त्रले देशलाई खोक्रो बनाउन लागेकोले सम्पूर्ण नेपाली जनताले चाहेको र खोजेको जस्तो सुखी एवम् समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न देशको भ्रष्ट नेता तथा लुटकारीतन्त्र व्यवस्थाको विरुद्धमा आजपाले जनप्रदर्शन गर्न लागेको हो । आज बसेको आम व्यवसायीहरुको सुरक्षा एवम् सम्मानको लागि बारा-काठमाडौं आम सम्पर्क मञ्चको जिल्ला भेलाले जनप्रदर्शनको तयारीलाई तीव्ररुपमा अगाडि बढाउन ५१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ । रमाशंकर साहको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा मुन्ना जयसवाल, सचिवमा विक्रम तामाङ, कोषाध्यक्षमा रमेश ठाकुर, सहसचिवमा पुनम साहलगायतका चयन भएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आजपाको उपाध्यक्ष तिलक थापा, रीता साह, समाजसेवी इच्छा वाग्ले, मौलापुरका मेयर रीना साहको सहभागिता रहेको थियो । यसैगरी अतिथिको रुपमा अमर साह, चन्द्रभूषण साह, उमेश कुशवाहा, बाबुराम कौशिक, सम्देश साह, रन्जु साह, विजय यादव, चन्दा साह, विवेक साह, आईटी आर्मी बाराका इन्चार्ज शनि गुप्ता लगायतको सहभागिता रहेको थियो ।

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति, नियम, कर्जा, बचत तथा वित्तीय साक्षरताका साथै बैंकिङ्ग कारोबारसम्बन्धी जानकारी दिइएको थियो । यसका साथै कर्जाको भाखा नाघ्न नदिने, कालो सुचीमा पर्ने बारे सचेतना जगाइएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गलाई गरेको निर्देशन र सदस्यहरुलाई उद्यमशील बन्नका लागि आवश्यक पर्ने विभिन्न सिपमूलक तालिमहरु लगायतका विषयहरुका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख राजेश कुमार खाँले स्पर्श खबरलाई बताएका छन् । उक्त कार्यक्रममा १०० जना भन्दा बढी सदस्य साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै, वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, वित्तीय अनुशासनको पालना गर्ने उद्देश्यले सन् २०२४ मार्च १८ देखि २४ अर्थात् वि.सं. २०८० चैत्र ५ देखि ११ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यसै नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय बर्दिबासका प्रदेश प्रमुख श्री बिक्रम शाह ज्यूले वित्तीय अराजकता फैलाउनेहरुको पछि नलाग्न तथा कर्जाको दुरुपयोग नगरी आफ्नो वित्तीय अनुशासन नबिगार्न समेत सबैलाई सुझाव दिएका थिए ।