नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति, नियम, कर्जा, बचत तथा वित्तीय साक्षरताका साथै बैंकिङ्ग कारोबारसम्बन्धी जानकारी दिइएको थियो । यसका साथै कर्जाको भाखा नाघ्न नदिने, कालो सुचीमा पर्ने बारे सचेतना जगाइएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गलाई गरेको निर्देशन र सदस्यहरुलाई उद्यमशील बन्नका लागि आवश्यक पर्ने विभिन्न सिपमूलक तालिमहरु लगायतका विषयहरुका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख राजेश कुमार खाँले स्पर्श खबरलाई बताएका छन् । उक्त कार्यक्रममा १०० जना भन्दा बढी सदस्य साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै, वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, वित्तीय अनुशासनको पालना गर्ने उद्देश्यले सन् २०२४ मार्च १८ देखि २४ अर्थात् वि.सं. २०८० चैत्र ५ देखि ११ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यसै नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय बर्दिबासका प्रदेश प्रमुख श्री बिक्रम शाह ज्यूले वित्तीय अराजकता फैलाउनेहरुको पछि नलाग्न तथा कर्जाको दुरुपयोग नगरी आफ्नो वित्तीय अनुशासन नबिगार्न समेत सबैलाई सुझाव दिएका थिए ।