जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

 

मनाेज शाह जितपुर बारा बैशाख २८ गते:

 बारा जिल्लाकाे   जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् ।

काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत हुन् । काफलेलाई नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

मंसिर १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव शिवजी प्रसादको स्थानमा मन्त्रालयले काफ्लेलाई पठाएको हो । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकारी समेत थिईन् ।

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ।

आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए।

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

मनाेज साह जितपुर बारा बैशाख २६ गते:

प्रसाैनी गाउँपालिका वडा ७ बन्जरिया जमुनिया हुँदै इनर्वा जाने सडकको ढलान कार्य सुरुवात भएको छ । मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले हिन्दु परम्परा विधि अनुसार पुजा गरी सडक ढलानको सुरुवात गर्नु भएको छ । उहाँको विकासशील कार्यहरुबाट यस भेग लगायत बारा क्षेत्र ४(क) का जनताहरु निकै उत्साहित भएका छन् । जमुनिया, बन्जरिया इनर्वा लगायतका गाउँकाे जनतालाई जितपुर कलैया आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले याे सडकको ढलान गरेको मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले बताउनुभयो ।

मधेस प्रदेशको योजना अन्तर्गत रु. २५ लाखको बजेटबाट सडक ढलान भएको हाे । प्रसाैनी गाउँपालिका वडा ७ का वडा अध्यक्ष इस्लाम मन्सुर, नेकपा एमाले नेता सुनिल पाल , महेश बिक, सनम कुमार राउत , नन्दलाल प्रसाद , रामकलिया चमैन लगायत स्थानीय व्यक्तिहरुको समेत उपस्थिति रहेको देवनारायण चौधरीको स्वकीय सचिव रबीन्द्र प्याकुरेलले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई  भोजन

स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई  भोजन

स्पर्श खबर जितपुर बारा बैशाख २६ गते : स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ  । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।

स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा भोजन खुआएर जन्मदिन मनाएको छ । जीवित रहेको बेलानै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको लागि ३३ औं जन्मजयन्तीको अवसरमा अनाथ बालकहरुलाई भोजन खुआएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाश यादवले बताए । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयुमै सञ्चार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।

को थिइन् स्वर्गीय श्रीमती रामा यादव

स्वर्गीय श्रीमती रामा यादवको जन्म बि .स २०४८ बैशाख महिनाको २७ गते माधव नारायण नगरपालिकाको खेसरहिया भन्ने गाउँमा भएको थियो ।उनि २९ बर्षकै उमेरमा यो संसार छोडेर गईन ।रामा यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका थिइन् ।सानै देखि संचार क्षेत्रमा रुचि राखेकी रामा यादव ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् ।रामा यादर प्रेस युनियन रौतहटको कोषाध्यक्ष समेत थिइन् ।स्वर्गीय रामा यादवको श्रीमान् जयप्रकाश यादव समेत संचार क्षेत्रमा जोडिएको हुनाले उनले श्रीमतीले चाहेको सबै थोक पुरा गर्न कुनै कसर बाँकी राखेनन तर कोरोनाको बेला रामा यादवको मृत्यु भयो ।श्रीमतीको मृत्यु भए लगतै श्रीमान् जयप्रकाश यादवले स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार समेत घोषणा गरेको थियो ।  स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई  पुरस्कार वितरण गरिदै आएको छ । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् ।

जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने

मनाेज शाह जितपुर  बारा, वैशाख २६ गते ।

बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन हुने भएको छ ।बारा  जिल्लाकाे  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो ।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय भन्दा वढि विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताका संयोजक संदिप साहले बताउनु भयो ।

विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले संचालन गरिने स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन० को प्रथम हुनेले नगर रु ११ हजार, दाेस्राे  रु ७ हजार, तेस्राे  रु ५ हजार र ११ जनाले रु ५०० सान्तोना पुरस्कार प्राप्त गर्ने छन् ।

जेठ १ गते विहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको तयारी तिब्रता गतिका  साथ भैरहेको सम्योजक साहले बताउनु भयो । उहाँको अनुसार हिन्दू स्वयंसेवक संघ नेपालले देखको विभिन्न ठाँउमा यो प्रतियोगता गर्दै आएको छ । जीतपुरमा केही वर्ष  पहिले यो प्रतियोगिता आयेजना गरिएको थियो । यसैलाई निरन्तर्ता दिदै जीतपुरमा दोस्रो पटक उक्त कार्यक्रमको आयोजना गरिदै छ ।

हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पर्सा प्रहरीको फन्दामा

हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पर्सा प्रहरीको फन्दामा

मनाेज शाह जितपुर बारा बैशाख २५ गते:

वीरगन्ज महानगरपालिकाको गण्डक चोकस्थित सडकखण्डबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न एकजनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको  संयुक्त प्रहरी टोलीले मिति २०८१।०१।२४ गतेका दिन वीरगञ्ज महानगरपालिकाको वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा शंका लागी वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३ -०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी कानूनी रीत पुर्‍याई खानतलासी गर्दा स्रोत नखुलेको नेपाली रुपियाँ बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं.२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु १००० दरको नोट थान ८८९ रु.८,८९,०००।– ( आठ लाख उनानब्बे हजार ) , नेपाली रु ५०० दरको नोट ८५० थान रु.४,२५,०००।–( चार लाख पचीस हजार)  र नेपाली रु १०० दरको नोट १० थान रु.१,०००।– ( एक हजार )  गरी जम्मा रु १३,१५,०००।– (तेह्र लाख पन्ध्र हजार मात्र ) नगद र बिभिन्न बैंकको खाली चेकहरु थान-७ ( सात ) लुकाइछिपाई लगिरहेको अवस्थामा हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

निज रवि कुमार पटेललाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ  ?

तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ  ?

स्पर्श खबर जितपुर बारा बैशाख २५ गते:

दाँत सफा राख्न हरेक दिन दुई पटक  बुरुस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको बुरुस प्रयोग गर्नुपर्छ । दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा बुरुस फेर्नुपर्छ ।बुरुस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया (दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छ । यो हावाबाट बुरुसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण बुरुसमा ढुसी पर्ने खतरा हुन्छ । ट्वाइलेट जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका संक्रमणले सताउन सक्छ ।  बुरुस स्ट्यान्ड पनि कहिल्यै ट्वाइलेट सिटको नजिक राख्नु हुँदैन ।शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्नुस् । प्रयोग गर्नु अघि पानीले राम्ररी धुनुस् । पानीले धुँदा बुरुसको ब्रिस्टलमा फसेका ब्याक्टेरिया बाहिर निस्कन्छन् । प्रयोग गरेपछि ब्रसलाई राम्ररी धोएर छोपेर राख्नुस् । यसले ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ । दाँतमा कुनै खालको समस्या देखिने बित्तिकै तुरुन्तै दन्त चिकित्सकको सल्लाह लिनुस् । दाँतको विषयमा कुनै लापरबाही नगर्नुस् ।सभार एन्जेन्सी ।

जितपुरमा हावाहुरी र वर्षकाे गर्मीमा राहत

जितपुरमा हावाहुरी र वर्षकाे गर्मीमा राहत

स्पर्श खबर जितपुर बारा बैशाख २५ गते:

प्रचण्ड गर्मीले राहत  भएका  जितपुरबासीले  वर्षा भएसँगै राहत महसुस गरेका छन् । अधिकतम ३८ डिग्री सेल्सियससम्मको तापक्रमले यहाँको जनजीवन पनि प्रभावित भएको थियो । 

मंगलवार दिउँसोदेखि चलेको हावाहुरी र  वर्षाले  जितपुरबासीले राहतको महसुस गरेका छन् ।

 

 

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न मनाेज शाह जितपुर  बारा बैशाख २३ गते: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र नेपाल मधेसी उत्थान समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताको जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले … Read more

सबैया सब डिभिजन बन कार्यालय पर्साको पिक-अप चालक बैजनाथ (खुट्टि) जी उदाहरणीय कार्य

सबैया सब डिभिजन बन कार्यालय पर्साको पिक-अप चालक बैजनाथ (खुट्टि) जी उदाहरणीय कार्य

मनोज कुमार शाह, जीतपुर बारा, वैशाख २० गते

वैशाख महिना लागेसँगै तापक्रम पनि अत्यधिक बढेको छ । बिहानैदेखि चर्को घाम लाग्ने तथा दिन बढेसँगै गर्मी पनि बढ्ने भएकोले जनजीवन निकै अस्तव्यस्त तथा कष्टकर बनेको छ । बढ्दो गर्मीका कारण मानव मात्रै नभएर अन्य जीवजन्तु तथा चराचुरुङ्गीसमेत नराम्ररी प्रभावित भएका छन् । बढ्दो तापक्रमका कारण पानीका मुहानहरु पनि सुक्न थालेका छन् । यसबाट मानिसहरुले कष्ट भोग्न बाध्य त छन् नै साथै पशुपन्छीले पनि पानीको अभाव झेल्दै छन् ।

 

पानीको श्रोतहरु सुक्दै गएपछि वनका जङ्गली जनावरहरु तथा चराचुरुङ्गीहरुलाई पानी पिउन निकै धौधौ परेपछि सबैया सब डिभिजन बन कार्यालय पर्साको पिक-अप चालक बैजनाथ (खुट्टि) जीले उदाहरणीय कार्यको सुरुआत गर्नुभएको छ । उहाँ बिहान बेलुका जङ्गलमा गस्ती जाने क्रममा जङ्गली जनावर एवम् चराचुरुङ्गीहरुको तिर्खा मेटाउनको लागि ठाउँ-ठाउँमा ठूलो बाटामा प्लास्टिक राखी त्यसमा पानी हाल्ने गर्नुभएको छ ।

 

पथलैया आधाभार देखि सुवर्णपुर जाने बन क्षेत्रको ग्रेभर बाटो (फायर लाइन) को छेउ छाउमा जंगली जनावर तथा पशुपन्क्षीको लागि ठुलो बाटामा प्लास्टिक राखी प्रत्येक दिन बिहान बेलुका पानी हाल्ने गर्नुभएको छ जबकी सबैया बन कार्यालयदेखि फायर लाइन को दुरी 10 km रहेको छ ।

 

साधारण लेखपढ मात्र जानेका पिक-अप चालक बैजनाथ जीको घरायसी अवस्था धेरै नै नाजुक रहेको छ । घरको आर्थिक अवस्था कमजोर भए पनि उहाँमा इमान्दारीता , लगनशीलता र जङ्गली जीवजन्तु तथा चराचुरुङ्गीप्रति प्रशस्तै दया दृष्टि भएको स्थानीयहरु बताउँछन् । प्रत्येक दिन बिहान बेलुका बन क्षेत्रमा गस्ती जाने क्रममा जर्किन र बोतलहरुमा पानी लिएर राष्ट्रिय बन र राष्ट्रिय निकुञ्जको सिमाना छुट्याउने फायर लाइन छेउ छाउमा पानी राख्ने गरेका छन् ।