माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

मनाेज साह जितपुर बारा बैशाख २६ गते:

प्रसाैनी गाउँपालिका वडा ७ बन्जरिया जमुनिया हुँदै इनर्वा जाने सडकको ढलान कार्य सुरुवात भएको छ । मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले हिन्दु परम्परा विधि अनुसार पुजा गरी सडक ढलानको सुरुवात गर्नु भएको छ । उहाँको विकासशील कार्यहरुबाट यस भेग लगायत बारा क्षेत्र ४(क) का जनताहरु निकै उत्साहित भएका छन् । जमुनिया, बन्जरिया इनर्वा लगायतका गाउँकाे जनतालाई जितपुर कलैया आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले याे सडकको ढलान गरेको मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले बताउनुभयो ।

मधेस प्रदेशको योजना अन्तर्गत रु. २५ लाखको बजेटबाट सडक ढलान भएको हाे । प्रसाैनी गाउँपालिका वडा ७ का वडा अध्यक्ष इस्लाम मन्सुर, नेकपा एमाले नेता सुनिल पाल , महेश बिक, सनम कुमार राउत , नन्दलाल प्रसाद , रामकलिया चमैन लगायत स्थानीय व्यक्तिहरुको समेत उपस्थिति रहेको देवनारायण चौधरीको स्वकीय सचिव रबीन्द्र प्याकुरेलले स्पर्श खबरलाई जानकारी दिनुभयो ।