जीतपुरमा स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता हुने
मनाेज शाह जितपुर बारा, वैशाख २६ गते ।
बाराको जीतपुरमा आउदो जेठ १ गते स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन हुने भएको छ ।बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित सम्राट पार्टी प्यालेसमा प्रतियोगिता आयोजना हुने आयोजकले बताएको हो ।
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा हुने उक्त प्रतियोगितामा करिव २० स्कुलबाट ६ सय भन्दा वढि विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताका संयोजक संदिप साहले बताउनु भयो ।
विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले संचालन गरिने स्वामी विवेकनन्द संस्कृति ज्ञान परीक्षा प्रतियोगिता ९क्विज कम्पेटिसन० को प्रथम हुनेले नगर रु ११ हजार, दाेस्राे रु ७ हजार, तेस्राे रु ५ हजार र ११ जनाले रु ५०० सान्तोना पुरस्कार प्राप्त गर्ने छन् ।
जेठ १ गते विहान ७ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको तयारी तिब्रता गतिका साथ भैरहेको सम्योजक साहले बताउनु भयो । उहाँको अनुसार हिन्दू स्वयंसेवक संघ नेपालले देखको विभिन्न ठाँउमा यो प्रतियोगता गर्दै आएको छ । जीतपुरमा केही वर्ष पहिले यो प्रतियोगिता आयेजना गरिएको थियो । यसैलाई निरन्तर्ता दिदै जीतपुरमा दोस्रो पटक उक्त कार्यक्रमको आयोजना गरिदै छ ।