हुण्डी कारोबारमा सलंग्न एक जना मानिस पर्सा प्रहरीको फन्दामा
मनाेज शाह जितपुर बारा बैशाख २५ गते:
वीरगन्ज महानगरपालिकाको गण्डक चोकस्थित सडकखण्डबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न एकजनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८१।०१।२४ गतेका दिन वीरगञ्ज महानगरपालिकाको वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा शंका लागी वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३ -०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी कानूनी रीत पुर्याई खानतलासी गर्दा स्रोत नखुलेको नेपाली रुपियाँ बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नं.२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु १००० दरको नोट थान ८८९ रु.८,८९,०००।– ( आठ लाख उनानब्बे हजार ) , नेपाली रु ५०० दरको नोट ८५० थान रु.४,२५,०००।–( चार लाख पचीस हजार) र नेपाली रु १०० दरको नोट १० थान रु.१,०००।– ( एक हजार ) गरी जम्मा रु १३,१५,०००।– (तेह्र लाख पन्ध्र हजार मात्र ) नगद र बिभिन्न बैंकको खाली चेकहरु थान-७ ( सात ) लुकाइछिपाई लगिरहेको अवस्थामा हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
निज रवि कुमार पटेललाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।