जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

 

मनाेज शाह जितपुर बारा बैशाख २८ गते:

 बारा जिल्लाकाे   जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् ।

काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत हुन् । काफलेलाई नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

मंसिर १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव शिवजी प्रसादको स्थानमा मन्त्रालयले काफ्लेलाई पठाएको हो । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकारी समेत थिईन् ।