भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न

भोजपुरी चलचित्र ‘मेयर सिंह’ को निर्माण सम्पन्न, छिटै प्रदर्शन मिती तोक्ने तयारी
स्पर्श खबर   जितपुर  बार जेठ ७ गते  । वीरगञ्ज महानगरका विषयमा निर्मित भोजपुरी चलचित्र ‘मेयर सिंह’ को छायाङ्कन सकिएको छ । वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले चलचित्र निर्माणको काम सम्पन्न भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले वीरगञ्जको अवस्थालाई चलचित्रमा चित्रण गरिएको बताए । बदलिएको वीरगञ्ज र राजनीतिसँगै प्रेम, द्वन्द्व लगायतका सबै रसलाई चलचित्रमा समावेश गरिएको कुर्मीको भनाई छ । यसअघि भारतमा बनेका चलचित्र नेपालमा चल्ने गरेकोमा ‘मेयर सिंह’ चलचित्र भारतमा पनि प्रदर्शन गरिने कुर्मीले जानकारी दिए । मेयर सिंह चलचित्र भारतीय फिल्मको तुलनामा कम नरहेको दाबी पनि उनले गरे ।

यहाँकै स्थानीय कलाकारले स्थानीय भाषा तथा संस्कृतिको संरक्षणका लागि बनाएको चलचित्रको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सह्राना गरे । चलचित्रले वीरगञ्जको बास्तविकतालाई उतार्दै यहाँको विकासका बाधक तथा चुनौती एवम् समस्याहरुलाई केलाउन सघाउ पुग्ने अध्यक्ष तिवारीको विश्वास छ । कला, साहित्य, संगीत एवम् चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेष्ण गर्न पनि अध्यक्ष तिवारीले पत्रकारहरुलाई अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनकै क्रममा चलचित्र ‘मेयर सिंह’ को ट्रेलर पनि प्रदर्शन गरिएको थियो । ट्रेलरमा वीरगञ्ज महानगरपालिकाका गतिविधिलाई समावेश गरिएको देख्न सकिन्छ । वीरगञ्जमा सरसफाईमा आएको कायापलटको चर्चा पनि ट्रेलरमा देखाइएको छ ।

सुनिल तिवारीले लेखेको ‘मेयर सिंह’ को पटकथालाई सुबास देवकोटाले निर्देशन गरेका छन् । चलचित्रमा जितु जितेन्द्र, अजय पटेल, शिव प्रसाद कुर्मी, प्रिति आर्य, श्रेया दुलाल मुखलाल प्रसाद, रवी कुमार साह, प्रितम कलवार लगायतले अभिनय गरेका छन् ।

वीरगञ्जसहित बारा, पर्सा एवम् मकवानपुरका विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिएको छ । पटकथा लेखक सुनिल तिवारीले नै सहायक निर्देशन गरेको चलचित्रलाई मेहफुज अन्सारीले छायाङ्कन गरेका हुन् । अजमत अली अन्सारी र सन्तोष पुरीको शब्द, संगीत एवम् गायन रहेको छ ।

शंकर महर्जनको द्वन्द्व रहेको चलचित्रको भिएफएक्स दिनेश ढकालले गरेका छन् । यही साताभित्र चलचित्रको ट्रेलर ‘ईगो रेकर्डस भोजपुरी’ युट्युब च्यानलमार्फत सार्बजनिक गर्ने तयारी रहेको चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले जानकारी दिए । उनकाअनुसार हलबाट अनुमति पाउने बित्तिकै एक महिना भित्रैमा चलचित्रको प्रदर्शन मिती पनि सार्बजनिक गरिनेछ ।

चलचित्र पत्रकार संघकी अध्यक्ष निलिमा पौडेलले सहजीकरण गरेको पत्रकार सम्मेलनमा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे मगर, बानका मधेश प्रदेश अध्यक्ष आशिक अन्सारी, पत्रकार एवम् चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र

नेपाली कांग्रेस पर्सा द्वारा कार्वाहीको माग गर्दै सिडिओ लाई ज्ञापनपत्र

राहुल गुप्ता बिरगंज जेठ ७ गते:
केही दिन पहिला वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई भएको र सहकारी ठगीमा संलग्न रवि लामिछाने माथि संसदिय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्सा द्धारा गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा वीरगंज माईस्थान चौकमा नगर प्रमुख द्धारा परिचालित केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी ने.वि.संघ पर्साका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, महमद नौसाद र नेपाली काँग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव लाई घाइते बनाएको घटना प्रति नेपाली काँग्रेस पर्साको गम्भिर ध्यानाकर्षण गर्दै आज जिल्ला प्रशासन कार्यलयका प्रमुख लाई ज्ञापनपत्र बुझाएको छ ।

वीरगन्ज महानगपालिकाका मेयर राजेशमान सिंहले किर्ते नागरिकता बनाएको बिरोधमा आज प्रदर्शन गर्दै सो ज्ञापनपत्र बुझाएका छन । बिरोध प्रदर्शन कार्यक्रम माइस्थान चौक बाट शुरु भएर अलखियामठ हुँदै आदर्शनगर , गिता मन्दीर हुँदै जिल्ला प्रशासन कार्यलय पर्सामा पुगेर बुझाएका छन । बिरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्सा जिल्लाका सभापति जनार्दन सिंह क्षेत्री ,उपसभापति राम नारायण कुर्मी ,सहसचिब मदन प्रसाद यादव,पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा , क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन , वीरगन्ज महानगपालिकाका उपमेयर इम्तियाज आलम लगायत जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति, वडा कार्य समिति, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल,नेपाल मुस्लिम संघ, नेपाल किसान महासंघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल दलित संघ, नेपाल ट्रेड यूनियन काँग्रेस, भातृ संघ संगठन लगायत हजारौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल

 मधेश प्रदेशमा नयाँ सरकार बनाउने सत्ता साझेदार दलको योजना विफल भएको छ ।

स्पर्श खबर जितपुर बारा जेठ ६ गते:

 

अल्पमतमा परेका सरोजकुमार यादव नेतृत्वको सरकार अझै केही दिन टिक्ने वाला संकेतहरु देखा परेका छन् ।
मधेश प्रदेशमा सत्ता साझेदार दलहरु बीच नयाँ सरकार बनाउने योजनालाई केही समयको लागि विश्राम दिएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल बिच नयाँ सरकारका लागि पहल गर्ने मोटामोटी सहमति भएको थियो ।
जनमत पार्टीको नेतृत्वमा सरकार गठनका लागि मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी समक्ष नाम प्रदेश सभा सदस्यहरूको नाम बुझाउने निर्णय दलहरूले गरेका थिए । तर अब केही समय त्यो प्रक्रिया अगाडि नबढाउने मुडमा माओवादी मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताए ।
उनले भने, ‘प्रदेश स्तरमा हामी बिच सबै कुरा मिलिसकेको छ, प्रक्रिया अगाडि बढाउने कुरा पनि तय भइसकेको थियो । तर केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेको कारण हाललाई सो प्रक्रिया स्थगित गरिएका हौं ।’ अहिले प्रक्रिया सुरु गरे पनि मुख्यमन्त्री यादवलाई हटाउन सकिँदैन । उनले संसदमा बहुमत सिद्ध गर्न अझै समयमा बाँकी रहेको छ । उनले बहुमत सिद्ध नगरेमा मात्रै अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।माओवादी केन्द्र र नेकपा (एमाले) ले वैशाख ३० गते मधेस सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हालसम्म मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले दलहरूको बिचमा छलफल गरिरहेका छन् ।
अहिलेको जसपा नेपाल नेतृत्वको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले साथ दिइरहेको छ । साहले जस्तै जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेशमा दलहरूको बिचमा सहमति भए पनि केन्द्रमा केही कुरा मिलाउन बाँकी रहेकाले अहिलेलाई नयाँ सरकार गठन प्रक्रिया स्थगित गरिएको बताइएको छ ।
पाँच दलको बिचमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको बताउँदै उनले आफूहरूले केन्द्रको निर्णयको प्रतिक्षमा रहेको जानकारी दिए । मधेस प्रदेशमा एमालेको २५, काँग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९–९, नेकपा (एकीकृत समाजवादी) को ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक गरी १०७ सांसद सांसद छन् ।
सरकार बनाउनका लागि सामान्य बहुमत ५४ जना सांसद चाहिन्छ । अहिले जनमतको नेतृत्वमा सरकार बनाउने पक्षमा ६२ जना सांसद छन् । माओवादी, एमाले, नेकपा (एकीकृत समाजवादी), जनमत र लोसपाको बिचमा सहमति भएको भनिए पनि नेकपा (एकीकृत समाजवादी) ले हालसम्म जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैनन ।
यस्तै लोसपाका नेताहरूले समेत नयाँ सरकार गठनका लागि आफूहरूसँग कुनै छलफल नगरेको बताए ।

भारतीय   नाका आज रातीदेखी सिल

भारतीय   नाका आज रातीदेखी सिल

मनाेज शाह जितपुर बारा जेठ ५ गते:

भारतीय सीमासँग जोडिएका नेपालगन्जको जमुनाह सीमानाका आज राती साढे १० बजेदेखि तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेश राज्यका केही जिल्लामा हुन लागेको निर्वाचनका लागि नेपालगन्ज जमुनाह सीमानाका बन्द हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

आज जेठ ५ गते शनिबार राति साढे १० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने इप्रका जमुनाहका इन्चार्ज रबिन्द्र बमले जानकारी दिए ।

बहराइच जिल्ला प्रशासनले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै

स्पर्श खबर जितपुर बारा जेठ ४ गते:

 

प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।

सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ। पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ।

जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित  लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउँछन्।

पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा  विशेष भजनकीर्तन हुँदै आएका छन्। त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन्।

मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन्। यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन्।

यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ। तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियो। जनकपुरधामस्थित दुधमती नदीमा आज  बिहानै शाहीस्नान सम्पन्न भएको छ। यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर  र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ।

यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिएका छन्।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

स्पर्श खबर जितपुर जेठ ४ गते:

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिपक्षको अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।

सहकारीमा ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने काँग्रेसले माग राखेको छ । यस विषयमा दलहरूबिच सहमति नजुटेकाले आजको बैठक पनि सञ्चालन हुने वा नहुने अनिश्चित छ ।

आज बस्ने बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न
मनाेज शाह जितपुर बारा जेठ १ गते:

हिन्दु स्वयंसेवक संघ नेपाल जितपुरकाे आयाेजनमा   स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ ।
स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षाका प्रमुख अतिथि डा रबिन्द्र सिह रहनु भएको थियो । कार्यक्रमका सभापतित्व कार्यक्रम सयाेजक सदिप साहकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हाे ।,प्रमुख वक्ता मुनिलाल कर्णले स्वामी बिबेकानन्दकाे बारेमा ज्ञान दिनु भएको थियोे ।
स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा १४ वाट बिधालय सहभागी रहेको थियोे । पहिलो बिजेता एभर ग्रिण स्कुल लाई मडेल प्रमाणपत्र नगर एघार हजार सहित पुरस्कृत गरेकोे थियोे ,दाेस्राे बिजेता जितपुर पब्लिक स्कुल जितपुरलाइ मडेल प्रमाणपत्र नगर सात हजार सहित पुरस्कृत गरेकोे थियोे,तेस्रो एमरल्ड एकाडेमी जितपुरलाई मडेल प्रमाणपत्र नगर पाँच हजार सहित पुरस्कृत गरेकोे थियोे, स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा सहभागी बिधार्थी लगभग तीन सय जना उपस्थिति रहेको जय सगार सहनीले बताए ।कार्यक्रम स्थानीय बुद्धिजीवी समाजसेवीकाे उल्लेखनीय सहयोगी रहेको थियोे ।

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले
मनाेज शाह जितपुर बारा बैशाख २९ गते:
लाेटस स्कुल हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचालेकाे छ ।

एन प्यापसान जितपुरसिमरा नगरकाे आयाेजनामा हाजिरी जवफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।हाजिरी जवाफ प्रतियोगितामा १९ आेट स्कुलको सहभागी रहेको थियाे । हाजिरी जवाफ प्रतियोगितामा प्रथम लाेटस बाैडिङ्ग स्कुल सिमरा , दाेस्राे न्यु एकता बाैडिङ्ग स्कुल सिमरा र तेस्राे सिमरा पब्लिक बाैडिङ्ग स्कुल सिमरा भएको थियोे ।प्रथम ,दाेस्राे तेस्राे स्कुललाई प्रमाणपत्र र शिल्ड , मेडल प्रदान गरेको थियोे । जितपुरसिमरा नगर अध्यक्ष अनिल तिवारीले प्रथम दाेस्राे र तेस्राे बिधालयलाइ शिल्ड ,प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियोे ।  हाजिरी जवाफ प्रतियोगिता तीन राउन्डमा भएको थियोे । पहिलो राउन्ड जेनरल,दाेस्राे राउन्ड अडियो भिडियो ,तेस्राे राउन्ड रेफिड फायर लगायत थियोे । कार्यक्रम प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा १४ का वडा अध्यक्ष चेयन गुरुङ रहनु भएको थियोे । बालबालिकामा हाजिरी जवाफ ले बालबालिकामा बिकासकाे क्षमता बिकास गर्ने बताए । कार्यक्रमका सभापतित्व बिदुर खड्का ले गर्नु भएको थियोे । लगभग बिधार्थीकाे संख्या ५७ जानकाे सहयोगी रहेको थियोे । हाजिरी जवाफ प्रतियोगितामा शिक्षा शिक्षिकाहरु सहभागी रहेको थियो ।

 

प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

स्पर्श खबर जितपुर बारा बैशाख ३० गते।
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । ्सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।

 

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:
नेपालमा दक्ष जनशक्ति चिकित्सहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने वरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताउनु भएको छ ।

वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्य पत्रिको बिमोचन गर्दै डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलगन भएको देख्दा निकै दुख लागेको बताउनु भएको छ ।

बिकासको नाममा केवल रोड र नाला बनाउने काम भएकोले शिक्षा तर्फ बिशेष लाग्ने वहाँले सबैमा अनुरोध पनि गर्नु भयो ।

नेपाल चिकित्स संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक रहेका सिंहले स्वाथ्यमा देखिएका बिकृति मिटाउन पब्लिक हेल्थ स्टोरी पत्रिका सक्रिय हुनेमा समेत शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका अर्का वक्ता तथा बरिष्ठ पत्रकार महेश दासले आफुले गरेको तिन दशको सक्रिय पत्रकारीबाट हट्ने र राजनितिबाट समाज परिवार्तनको काममा लाग्ने बताउनु भयो ।

पत्रिका बिमोचन समारोहलाई सम्बोधन गर्दै पत्रकार दासले स्वास्थ्य पत्रिका वीरगञ्जबाट प्रकाशन सुरु भएकोमा आफनो सपना पुरा भएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भयो ।

नेकपा एमालेको पर्सा सचिवमा निर्वाचित भएकोमा अबको दिनमा राजनितिमा सबै साथको अपेक्षा गरेको पनि बताउनु भयो ।
यसै गरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले मोफसलमा बिट पत्रकारिताको सुरुबात भएकोमा खुशि व्यक्त गर्नु भयो ।

स्वास्थ्य पत्रिकाको सुरुवातले स्वास्थ्य समाचारले प्राथ्मीक्ता पाउने पनि तिवारीले बताउनु भयो ।

हाल वीरगञ्जमा आर्थिक खेलकुद,चलचित्र, स्वास्थ्य,शिक्षा तथा पर्यटन पत्रकारीलगायतको बिटमा पत्रकारी हुनु निकै राम्रो संकेत भएको पनि बताउनु भयो ।

वीरगञ्जको मधेश बिश्व बिद्यालयमा आयोजना भएको उक्त बिमोचन कार्यक्रममा प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष तुल्सी भण्डारी,बानका पुर्व मधेश संयोजक आर.सि.यादव, जिल्ला स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, कबिराज निरिक्षक धिरेन्द्र सिंह, प्रध्यापक डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको हो भने स्वागत मंतव्य पत्रिकाको सह संपादक मनोज कुमार मिश्रले गर्नु भएको हो ।

कार्यक्रममा पब्लिक ब्रोडकाष्टिङ नेटवर्कसद्धारा बिभिन्न एफ.एम रेडियो सहकार्यमा प्रसारणमा रहेको कार्यक्रम क्वीज आवरको बिजेतालाई पुरस्कृति गरिएको हो ।

कार्यक्रमको सहजीकरण पब्लिक हेल्थ स्टोरीका कार्यकारी संपादक राजेन्द्र सिंहले गरेका थिए ।