अर्जुन ट्रफी : डडेलधुराको विजयी सुरुवात
धनगढी —फ्रेन्ड्स क्लब डडेलधुराले शनिबारदेखि सुरु अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा डडेलधुराले डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्यो । डडेलधुराले १ सय ३३ रनको लक्ष्य १५.५ ओभरमै पुरा गर्यो । प्लेयर अफ द म्याच कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित इनिङ्स खेले । … Read more