श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत


पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवामा छात्राहरु अचानक अचेत भएका छन् ।

श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु अचानाक अचेत भएको कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुष्ठि गरे ।

उनकाअनुसार विद्यालयमा कक्षा ६ देखि १० सम्मका करिब २५ जना भन्दा धेरै विद्यार्थी बेहोस भएका हुन् । सूचना पाउने बित्तिकै उनीहरुलाई अस्पताल ल्याइएको अध्यक्ष गुप्ताले यात्रा डेलीसँग बताए । अहिले उनीहरुलाई पोखरिया अस्पतालमा राखिएको छ । चिकित्सककाअनुसार अहिले सबैको अवस्था सामान्य छ ।

स्वास्थ्य शाखाका संयोजक योगेन्द्र चौरसियाकाअनुसार उनीहरुलाई पालिकाले नै एम्बुलेन्सको व्यवस्था गरेर पोखरिया अस्पतालमा ल्याएको हो । अहिले एक जना छात्रा बाहेक अन्यको अवस्था सामान्य रहेको उनले जानारी दिए । विद्यार्थीहरू बेहोस भएपछि विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीहरू अचानक बेहोस हुनुको कारण भने अहिलेसम्म पनि खुल्न सकेको छैन ।