ट्रकको ठक्करबाट एकजनाको मृत्यु

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी पुल नजिक चितवनबाट हेटौडा आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नं. को ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल पछाडी बसेका चितवन रत्ननगर नगरपालिका १६ पिठुवा बस्ने बर्ष ५६ का निम बहादुर थापाको मृत्यु भएको थियो । टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले ट्रक चालकमाथि कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शनका साथै एक घन्टा पूर्व-पश्चिम राजमार्ग बन्द गरेका थिए ।