चितवनबाटै प्रधानमन्त्रीको जवाफ- नलाग्नु पछि सरकार फेरिने हल्लैको

चितवनबाटै प्रधानमन्त्रीको जवाफ- नलाग्नु पछि सरकार फेरिने हल्लैकोस्पर्श खबर चितवन बैशाख ५ गते: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । चितवन आइपुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् । ‘यो सरकार … Read more

भारतकाे राजबिहारी कुमारलाई बारा प्रहरीकाे नियन्त्रणमा

स्पर्श खबर जितपुर बैशाख ५ गते: बारा प्रहरीले तीन छुट्टा छुट्टै स्थानबाट तीन सय ६७ किलो एक सय ४० ग्राम लागु औषध गाँजा बरामद गरेको छ। गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। प्रहरीले नौ पोकामा … Read more

प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं 

प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं  स्पर्श खबर जितपुर बारा बैशाख ४ गते: बारा जिल्लाको जितपुरमा प्रहरीकै मिलोमताेमा दैनिक रुपमा मालसमान  भित्रिरहेका छन्। प्रहरीलाई मासिक रूपमा लाखौँ रुपैयाँ नजराना  बुझाएर प्रहरीकै  सामुनेबाट  दैनिक रुपमा मालसमान भित्रिरहे    पनि प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र प्रहरी  सुरक्षा ब्यास क्याम्प बकुलियाको मिलोमताेमा … Read more

नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित

स्पर्श खबर जितपुर बारा बैशाख २ गते बारा– नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले यूवा नेतृत्व पाएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित भएका छन् । तीन सय ४८ मतदाता रहेको जीतपुरसिमरामा तीन सय २६ मत खसेको थियो । खसेको कुल मतमध्ये त्रिलोक विक्रम शाहले दुई सय ७ मत ल्याउँदा उनका … Read more

जीतपुरसिमरा नेकपा एमाले पार्टीको नगर अधिवेशन : मतदान सकियो

नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका अधिवेशनमा मङ्गलबार विहानबाट शुरु भएको मतदान दिउसो ३ बजे सकिएको छ ।  प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव खुल्ला तथा उपसचिव महिला गरी पाँचवटा पदका लागि मात्र मतदान भएकाले मतगणनामा समय नलाग्ने प्रमुख … Read more

“बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म”

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आर्थिक संकटको मूल कारण बिचौलियाको बढ्दो प्रभाव रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने अवस्था सिर्जना भएकाले समस्याहरू झन गहिरिँदै गएको टिप्पणी गरे।उनले निजी क्षेत्र र बिचौलियालाई फरक रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै, बिचौलियाको प्रभाव नेतृत्व तहसम्म विस्तार हुनु … Read more

बाराको गञ्जभवानीपुरमा रहेको सहकारी संस्थाले लाखौं ठग्यो

स्पर्श खबर जितपुर बारा बैशाख २ गते: बाराकाे गञ्जभवानीपरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारी नियम विपरीत सेवाग्राहीको लाखौँ रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन् । आफूहरूले उक्त सहकारीबाट लिएको ऋणको सावाँ ब्याज करिब ८५–९० प्रतिशतसम्म चुक्ता गरे पनि सहकारीको सञ्चालक महमद कमाल हुसेनले सहकारीको नियम २०७४ को दफा उल्लंघन गरी ५ … Read more

बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग

स्पर्श खबर जितपुर बारा बैशाख २ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ । गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको … Read more

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावितरासस वीरगञ्ज : हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज … Read more

समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित

स्पर्श खबर जितपुर बारा चैत ३१ गते: हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक रयालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कर्फ्यू परिस्थितिमा समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ । शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख … Read more