प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं 

प्रहरीकै मिलेमताेमा जितपुर मालसमान भित्रिदैं 

स्पर्श खबर जितपुर बारा बैशाख ४ गते:

बारा जिल्लाको जितपुरमा प्रहरीकै मिलोमताेमा दैनिक रुपमा मालसमान  भित्रिरहेका छन्। प्रहरीलाई मासिक रूपमा लाखौँ रुपैयाँ नजराना  बुझाएर प्रहरीकै  सामुनेबाट  दैनिक रुपमा मालसमान भित्रिरहे    पनि प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र प्रहरी  सुरक्षा ब्यास क्याम्प बकुलियाको मिलोमताेमा मालसामान बितिरहेको स्वयम तस्करहरुले नै स्वीकारेका छन्। बिहानदेखि दिउँसोसम्म तस्करले  मालसमान ओसारी रहेको पाइए पनि प्रहरीले बेवास्ता   गरी गरिरहेको देखिएको छ। दैनिक वा मासिक रकम नबुझाउने तस्करको माल समान पक्राउ गर्ने तर नजर न बुझाएर करोडौं मूल्य पर्ने मानसम्मान भित्रिरहे पनि प्रहरी यस विषयमा बेखबर रहेको प्रत्यक्षदर्शी व्यापारीहरू बताउँछन्। इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख जेजन कार्की र सस्त्र सुरक्षा व्यास क्याम्प बकुलियाका प्रमुख प्रकाशचन्द भट्टसँग यश बिषयमा बुझ्दा अनभिज्ञता प्रकट गरे । स्थानीय बासीहरूका अनुसार इलाका प्रहरी कार्यालय जितपुर र सस्त्र ब्यास क्याम्प बकुलियाका घुमो साधापोसाका प्रहरी बिहानदेखि रातिसम्म बजारमै डेडा जमाएर तस्करसँगै बसिरहेका देखिन्छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङसँग यस विषयमा बुझ्दा कुनै पनि प्रहरीले यस्तो गलती गरेमा कानुन करवाइ गर्नेछु । जितपुर बजारमा भित्रिने मालसम्मान खादन्य कपडा हार्डवेर जुत्ता चप्पल लगायतका समाग्रीहरु भित्रिदै रहेका  छन् ।