पर्सामा काट र साइकल पक्राउ

पर्सामा काट र साइकल पक्राउ
मनाेज शाह जितपुर बारा जेठ १४ गते :
पर्सामा काट र साइकल पक्राउ गरेको छ । पर्सा जिल्लाकाे पटेर्वा सुगाैली गाउँपालिका वडा २ बिश्रपुर टाेलबाट बन कर्मचारीले सालको काट तीन थान र साइकल तीन थान पक्राउ गरेको छ । आइतबार सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीका जमदार अर्जुन चाैधरीकाे अगुवाइमा गाएको टाेलिले सालको गाेलिया र साइकल पक्राउ गरि सब डिभिजन बन कार्यालय रङ्गपुरटाडीमा राखेको छ । काट र साइकल छाेडेर तस्कर परार रहेको छ ।

संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन

स्पर्श खबर जितपुर बारा जेठ १२ गते :

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका जिल्ला कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको चरम अभाव भएकोले संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ अस्पताल रोडमा रहेको राजलक्ष्मी रिलिफ हस्पिटलको प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा ३ महिला सहित ३५ जनाले रक्तदान गरेका रक्त सञ्चार शाखाका प्रमुख राजाबाबु गुप्ताले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिनका अनुसार कार्यक्रममा रामरुप यादव,सागर सुक्ला,रमेश दास,दिपक चौधरी,हिरालाल महतो,लालमती देवी राम,सिमा कुमारी चौधरी,माही शाह,संजय प्रसाद जैसवाल,राज कुनल कुशवाहा,बिपिन कुमार ठाकुर,सुनिल राम,बिजय गुप्ता र अजय शाह लगायतले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले गरेका थिए ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका अध्यक्ष दिपेन्द्र महतो कोइरीको अध्यक्षतामा सो रक्तदान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा राज लक्ष्मी रिलिफ हस्पिटलका संचालक बिजय गुप्ता,संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिन,उपाध्यक्ष रन्जित यादव,सचिव धिरज चौधरी,कोषाध्यक्ष जियाउलहक राय,सह सचिव जयराम प्रसाद कुशवाहा,सह-कोषाध्यक्ष गरिमा प्रसाद कुशवाहा,सदस्य फजिल देवान,राजु यादव,रमेश दास,गौरी शंकर प्रसाद यादव र संस्थाका पदाधिकारी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै

आज बुद्ध जयन्ती, पथलैयामा मनाइँदै

स्पर्श खबर जितपुर बारा जेठ १० गते:

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज बाराकाे पथलैया र देशभर मनाउन लागिएको हो ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । भगवान् विष्णुको नवौँ अवतारका रूपमा उनको जन्म भएको मानिन्छ ।

राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।

भारतीय   नाका आज रातीदेखी सिल

भारतीय   नाका आज रातीदेखी सिल

मनाेज शाह जितपुर बारा जेठ ५ गते:

भारतीय सीमासँग जोडिएका नेपालगन्जको जमुनाह सीमानाका आज राती साढे १० बजेदेखि तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेश राज्यका केही जिल्लामा हुन लागेको निर्वाचनका लागि नेपालगन्ज जमुनाह सीमानाका बन्द हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

आज जेठ ५ गते शनिबार राति साढे १० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने इप्रका जमुनाहका इन्चार्ज रबिन्द्र बमले जानकारी दिए ।

बहराइच जिल्ला प्रशासनले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै

मधेस प्रदेशमाधुमधामका साथ जानकी नवमी मनाइँदै

स्पर्श खबर जितपुर बारा जेठ ४ गते:

 

प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।

सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ। पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ।

जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित  लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउँछन्।

पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा  विशेष भजनकीर्तन हुँदै आएका छन्। त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन्।

मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन्। यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन्।

यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ। तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियो। जनकपुरधामस्थित दुधमती नदीमा आज  बिहानै शाहीस्नान सम्पन्न भएको छ। यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर  र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ।

यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिएका छन्।

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न

जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न
मनाेज शाह जितपुर बारा जेठ १ गते:

हिन्दु स्वयंसेवक संघ नेपाल जितपुरकाे आयाेजनमा   स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ ।
स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षाका प्रमुख अतिथि डा रबिन्द्र सिह रहनु भएको थियो । कार्यक्रमका सभापतित्व कार्यक्रम सयाेजक सदिप साहकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हाे ।,प्रमुख वक्ता मुनिलाल कर्णले स्वामी बिबेकानन्दकाे बारेमा ज्ञान दिनु भएको थियोे ।
स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा १४ वाट बिधालय सहभागी रहेको थियोे । पहिलो बिजेता एभर ग्रिण स्कुल लाई मडेल प्रमाणपत्र नगर एघार हजार सहित पुरस्कृत गरेकोे थियोे ,दाेस्राे बिजेता जितपुर पब्लिक स्कुल जितपुरलाइ मडेल प्रमाणपत्र नगर सात हजार सहित पुरस्कृत गरेकोे थियोे,तेस्रो एमरल्ड एकाडेमी जितपुरलाई मडेल प्रमाणपत्र नगर पाँच हजार सहित पुरस्कृत गरेकोे थियोे, स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा सहभागी बिधार्थी लगभग तीन सय जना उपस्थिति रहेको जय सगार सहनीले बताए ।कार्यक्रम स्थानीय बुद्धिजीवी समाजसेवीकाे उल्लेखनीय सहयोगी रहेको थियोे ।

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले
मनाेज शाह जितपुर बारा बैशाख २९ गते:
लाेटस स्कुल हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचालेकाे छ ।

एन प्यापसान जितपुरसिमरा नगरकाे आयाेजनामा हाजिरी जवफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।हाजिरी जवाफ प्रतियोगितामा १९ आेट स्कुलको सहभागी रहेको थियाे । हाजिरी जवाफ प्रतियोगितामा प्रथम लाेटस बाैडिङ्ग स्कुल सिमरा , दाेस्राे न्यु एकता बाैडिङ्ग स्कुल सिमरा र तेस्राे सिमरा पब्लिक बाैडिङ्ग स्कुल सिमरा भएको थियोे ।प्रथम ,दाेस्राे तेस्राे स्कुललाई प्रमाणपत्र र शिल्ड , मेडल प्रदान गरेको थियोे । जितपुरसिमरा नगर अध्यक्ष अनिल तिवारीले प्रथम दाेस्राे र तेस्राे बिधालयलाइ शिल्ड ,प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियोे ।  हाजिरी जवाफ प्रतियोगिता तीन राउन्डमा भएको थियोे । पहिलो राउन्ड जेनरल,दाेस्राे राउन्ड अडियो भिडियो ,तेस्राे राउन्ड रेफिड फायर लगायत थियोे । कार्यक्रम प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा १४ का वडा अध्यक्ष चेयन गुरुङ रहनु भएको थियोे । बालबालिकामा हाजिरी जवाफ ले बालबालिकामा बिकासकाे क्षमता बिकास गर्ने बताए । कार्यक्रमका सभापतित्व बिदुर खड्का ले गर्नु भएको थियोे । लगभग बिधार्थीकाे संख्या ५७ जानकाे सहयोगी रहेको थियोे । हाजिरी जवाफ प्रतियोगितामा शिक्षा शिक्षिकाहरु सहभागी रहेको थियो ।

 

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

दक्ष चिकित्सहरु पलायन हुदै,भोलीको दिनमा राम्रो स्वास्थ्य उपचारमा समस्या आउने– डा.सिंह

स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:
नेपालमा दक्ष जनशक्ति चिकित्सहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने वरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताउनु भएको छ ।

वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्य पत्रिको बिमोचन गर्दै डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलगन भएको देख्दा निकै दुख लागेको बताउनु भएको छ ।

बिकासको नाममा केवल रोड र नाला बनाउने काम भएकोले शिक्षा तर्फ बिशेष लाग्ने वहाँले सबैमा अनुरोध पनि गर्नु भयो ।

नेपाल चिकित्स संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक रहेका सिंहले स्वाथ्यमा देखिएका बिकृति मिटाउन पब्लिक हेल्थ स्टोरी पत्रिका सक्रिय हुनेमा समेत शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका अर्का वक्ता तथा बरिष्ठ पत्रकार महेश दासले आफुले गरेको तिन दशको सक्रिय पत्रकारीबाट हट्ने र राजनितिबाट समाज परिवार्तनको काममा लाग्ने बताउनु भयो ।

पत्रिका बिमोचन समारोहलाई सम्बोधन गर्दै पत्रकार दासले स्वास्थ्य पत्रिका वीरगञ्जबाट प्रकाशन सुरु भएकोमा आफनो सपना पुरा भएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भयो ।

नेकपा एमालेको पर्सा सचिवमा निर्वाचित भएकोमा अबको दिनमा राजनितिमा सबै साथको अपेक्षा गरेको पनि बताउनु भयो ।
यसै गरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले मोफसलमा बिट पत्रकारिताको सुरुबात भएकोमा खुशि व्यक्त गर्नु भयो ।

स्वास्थ्य पत्रिकाको सुरुवातले स्वास्थ्य समाचारले प्राथ्मीक्ता पाउने पनि तिवारीले बताउनु भयो ।

हाल वीरगञ्जमा आर्थिक खेलकुद,चलचित्र, स्वास्थ्य,शिक्षा तथा पर्यटन पत्रकारीलगायतको बिटमा पत्रकारी हुनु निकै राम्रो संकेत भएको पनि बताउनु भयो ।

वीरगञ्जको मधेश बिश्व बिद्यालयमा आयोजना भएको उक्त बिमोचन कार्यक्रममा प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष तुल्सी भण्डारी,बानका पुर्व मधेश संयोजक आर.सि.यादव, जिल्ला स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, कबिराज निरिक्षक धिरेन्द्र सिंह, प्रध्यापक डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीले शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रम पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको हो भने स्वागत मंतव्य पत्रिकाको सह संपादक मनोज कुमार मिश्रले गर्नु भएको हो ।

कार्यक्रममा पब्लिक ब्रोडकाष्टिङ नेटवर्कसद्धारा बिभिन्न एफ.एम रेडियो सहकार्यमा प्रसारणमा रहेको कार्यक्रम क्वीज आवरको बिजेतालाई पुरस्कृति गरिएको हो ।

कार्यक्रमको सहजीकरण पब्लिक हेल्थ स्टोरीका कार्यकारी संपादक राजेन्द्र सिंहले गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

जीतपुरसिमरा उपमहानगरपालिका  हाजिर भईन प्रमुख प्रशासकीय अधिकृत काफ्ले

 

मनाेज शाह जितपुर बारा बैशाख २८ गते:

 बारा जिल्लाकाे   जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् ।

काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत हुन् । काफलेलाई नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।

मंसिर १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव शिवजी प्रसादको स्थानमा मन्त्रालयले काफ्लेलाई पठाएको हो । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकारी समेत थिईन् ।

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

माननीय देवनारायण चौधरीले बारा क्षेत्र ४(क) का जनताको मन जित्दै

मनाेज साह जितपुर बारा बैशाख २६ गते:

प्रसाैनी गाउँपालिका वडा ७ बन्जरिया जमुनिया हुँदै इनर्वा जाने सडकको ढलान कार्य सुरुवात भएको छ । मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले हिन्दु परम्परा विधि अनुसार पुजा गरी सडक ढलानको सुरुवात गर्नु भएको छ । उहाँको विकासशील कार्यहरुबाट यस भेग लगायत बारा क्षेत्र ४(क) का जनताहरु निकै उत्साहित भएका छन् । जमुनिया, बन्जरिया इनर्वा लगायतका गाउँकाे जनतालाई जितपुर कलैया आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले याे सडकको ढलान गरेको मधेस प्रदेश सदस्य मनानीय देवनारायण चाैधरीले बताउनुभयो ।

मधेस प्रदेशको योजना अन्तर्गत रु. २५ लाखको बजेटबाट सडक ढलान भएको हाे । प्रसाैनी गाउँपालिका वडा ७ का वडा अध्यक्ष इस्लाम मन्सुर, नेकपा एमाले नेता सुनिल पाल , महेश बिक, सनम कुमार राउत , नन्दलाल प्रसाद , रामकलिया चमैन लगायत स्थानीय व्यक्तिहरुको समेत उपस्थिति रहेको देवनारायण चौधरीको स्वकीय सचिव रबीन्द्र प्याकुरेलले स्पर्श खबरलाई जानकारी दिनुभयो ।