जितपुरमा विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न
मनाेज शाह जितपुर बारा जेठ १ गते:
हिन्दु स्वयंसेवक संघ नेपाल जितपुरकाे आयाेजनमा स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षा सम्पन्न भएको छ ।
स्वामी बिबेकानन्द संस्कृति ज्ञान परिक्षाका प्रमुख अतिथि डा रबिन्द्र सिह रहनु भएको थियो । कार्यक्रमका सभापतित्व कार्यक्रम सयाेजक सदिप साहकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको हाे ।,प्रमुख वक्ता मुनिलाल कर्णले स्वामी बिबेकानन्दकाे बारेमा ज्ञान दिनु भएको थियोे ।
स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा १४ वाट बिधालय सहभागी रहेको थियोे । पहिलो बिजेता एभर ग्रिण स्कुल लाई मडेल प्रमाणपत्र नगर एघार हजार सहित पुरस्कृत गरेकोे थियोे ,दाेस्राे बिजेता जितपुर पब्लिक स्कुल जितपुरलाइ मडेल प्रमाणपत्र नगर सात हजार सहित पुरस्कृत गरेकोे थियोे,तेस्रो एमरल्ड एकाडेमी जितपुरलाई मडेल प्रमाणपत्र नगर पाँच हजार सहित पुरस्कृत गरेकोे थियोे, स्वामी बिबेकानन्द संस्कृतिक ज्ञान परिक्षामा सहभागी बिधार्थी लगभग तीन सय जना उपस्थिति रहेको जय सगार सहनीले बताए ।कार्यक्रम स्थानीय बुद्धिजीवी समाजसेवीकाे उल्लेखनीय सहयोगी रहेको थियोे ।