संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

संयुक्त एम्बुलेन्स चालक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन

स्पर्श खबर जितपुर बारा जेठ १२ गते :

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका जिल्ला कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रादेशिक अस्पताल कलैयाको ब्लड बैंकमा रगतको चरम अभाव भएकोले संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ अस्पताल रोडमा रहेको राजलक्ष्मी रिलिफ हस्पिटलको प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा ३ महिला सहित ३५ जनाले रक्तदान गरेका रक्त सञ्चार शाखाका प्रमुख राजाबाबु गुप्ताले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिनका अनुसार कार्यक्रममा रामरुप यादव,सागर सुक्ला,रमेश दास,दिपक चौधरी,हिरालाल महतो,लालमती देवी राम,सिमा कुमारी चौधरी,माही शाह,संजय प्रसाद जैसवाल,राज कुनल कुशवाहा,बिपिन कुमार ठाकुर,सुनिल राम,बिजय गुप्ता र अजय शाह लगायतले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका युवा नेता एवम् क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंहले गरेका थिए ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका अध्यक्ष दिपेन्द्र महतो कोइरीको अध्यक्षतामा सो रक्तदान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा राज लक्ष्मी रिलिफ हस्पिटलका संचालक बिजय गुप्ता,संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराका वरिष्ठ उपाध्यक्ष शेख सुर्फदिन,उपाध्यक्ष रन्जित यादव,सचिव धिरज चौधरी,कोषाध्यक्ष जियाउलहक राय,सह सचिव जयराम प्रसाद कुशवाहा,सह-कोषाध्यक्ष गरिमा प्रसाद कुशवाहा,सदस्य फजिल देवान,राजु यादव,रमेश दास,गौरी शंकर प्रसाद यादव र संस्थाका पदाधिकारी,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।