नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मनोज शाह, जीतपुर बारा, फागुन १६ गते
बाराको बरियारपुरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले फागुन १६ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपुर शाखाका १२० जना सदस्य तथा अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
महागढि नगरपालिका वडा २ बरियारपुर शाखाअन्तर्गतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध , कर्जा तथा बचतको महत्व , कर्जाको सही उपयोग , लिएको कर्जा कति लिने र कसरी तिर्ने, संस्थाले उपलब्ध गरेका कर्जाको नीतिगत व्यवस्था , नेपाल राष्ट्र बैंकवाट घ वर्गलाई गरेको निर्देशन र व्यवसायिक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख भीमबाली कुमार सहनीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि श्री अरुण कुमार यादवले संस्थाको पृष्ठभूमिको बरेमा जानकारी गराउँदै त्यहाँ उपस्थित सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी जानकारीमूलक तथा जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष श्री विश्वनाथप्रसाद कुश्वाहाले कर्जा सदुपयोग गर्ने विषयमा प्रबोधीकरण गर्नुभएको थियो । उहाँले संस्था र संस्थासँग जोडिएका सम्पूर्ण सदस्यहरुबीच अटुट सम्बन्ध रहने कुरा बताउँदै संस्था सबल रहे सदस्यहरुलाई पनि फाइदा पुग्ने जानकारी दिनुभयो । यो संस्था हाम्रै लागि हो त्यसैले समयमै अनिवार्य रुपमा बचत तथा किस्ता तिरी संस्थालाई जोगाउनुपर्छ भन्ने भावना प्रत्येक सदस्यमा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
संस्थाका प्रमुख श्री भीमबली कुमार सहनीले संस्थाबाट हुने सेवा सुविधा तथा ग्राहक संरक्षण कोषको बारेमा जानकारी गराउनुभएको थियो ।
उनले जितपुरकाे टेढाराेड चाैकमा आवतजावत गर्ने यात्री, अटाे रिक्सा चालकहरु तथा माेटरसाइकल चालकहरुलाई सवारीसाधन राम्रोसँग चलाउनुपर्ने सुझाव दिएका थिए । चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सबैलाई सचेत रही ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।
अलिकति लापरबाहीले गर्दा मानिसले आफ्नो अमूल्य जीवन गुमाउन पुग्दछ । बल्लतल्ल पाएको जीवनको महत्त्व बुझ्दै सडक दुर्घटना हुन नदिन तथा सावधानी अपनाउनका लागि ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
मान्छे हिँड्ने ठाउँ एक लेबल हुनु पर्ने हाे तर जहाँतहीँ असामान्य ढङ्गले तलमाथि हुने गरी फुटपाथ निर्माण भएको स्थानीय युवा सन्ताेष गुप्ताले स्पर्श खबरलाई दु:खेसाे पाेखे । यही फुटपाथको कारणले गर्दा लडेर कयौं जनाकाे हातखुट्टा भाँचिएको तथा चोटपटक लागेको पनि उनले स्पर्श खबरलाई बताए ।
अहिले जितपुरकाे सडक निर्माणको काम सम्पन्न हुने अन्तिम तयारीमा पुगे पनि सडक बिभागद्वारा निर्माण गरिएको सडक, नाला, फुटपाथ नियमविपरीत लापरबाहीपूर्ण ढङ्गले बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
स्थानिय महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउनका श्रम बिकास नेपाल कलैयाको आयोजनामा बिहिवार देखी तालिम सुरु भएको हो । जीतपुरसिमरा उपमहानगरको ४ लाख ९६ हजार को आर्थिक सहयोगमा संचालन भइरहेको तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले बिहिवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । जीतपुरसिमरा उपमहानगर वडा न ८ को अध्यक्ष शिवशंकर महतो कोईरीको सभापतित्वमा सुरु भएको कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथी रहनुभएको थियो ।